Nepal Times
Nepal Times
3
Shares

झापाको सीमावर्ती क्षेत्रमा क्षयरोगको उच्च जोखिम

झापाको सीमावर्ती क्षेत्रमा क्षयरोगको उच्च जोखिम

झापा, चैत १०
झापाको सीमावर्ती तथा शहरी क्षेत्रहरु क्षयरोगको उच्च जोखिममा रहेको जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ । शनिबार विश्व क्षयरोग दिवसको अवसरमा जिल्ला जनस्वास्थ्य कार्यालयका क्षयकुष्ठ अधिकृत प्रमोद दाहालले प्रदेश नम्बर १ का जिल्लामध्ये झापा जिल्लामा ६० प्रतिशत बिरामी सम्पर्कमा आएपनि ४० प्रतिशत अझै बाहिर रहेकोले जिल्ला उच्च जोखिममा रहेको बताए ।

उनका अनुसार गत आर्थिक बर्षमा झापामा क्षयरोगबाट ९ जना पुरुषको मृत्यु भइसकेको छ । त्यअघि ०७२÷७३ मा ५ महिला र १७ पुरुष गरी २२ जनाको मृत्यु भएको थियो ।

आर्थिक बर्ष २०७२÷७३ मा ३ सय ८० महिलासहित १ हजार ८६ जना क्षयरोगी उपचारको प्रक्रियामा आएका थिए । चालु आर्थिक बर्षको कार्तिक मसान्त सम्म ९४ महिलासहित ३ सय ३४ जना उपचारको प्रक्रियामा आइसकेका छन् ।

त्यसमध्ये चालु आवको प्रथम चौमासिकको तथ्याक अनुसार दमकमा ५०, शनिश्चरेमा २६, अनारमनीमा २२, काँकडभिट्टामा १७, सुरुङ्गामा १६, सताक्षीधाममा १४, भद्रपुरमा ११ र लखनपुरमा १० जना बिरामीले उपचार गराइरहेको कार्यालयले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.