Nepal Times
Nepal Times
3
Shares

क्षयरोग दिवशमा फलफूल वितरण

क्षयरोग दिवशमा फलफूल वितरण

विराटनगर, चैत १०
सबै तहको सक्रिय नेतृत्वको प्रतिबद्धता क्षयरोग मुक्त नेपालको सुनिश्चितता भन्ने नाराका साथ आज विराटनगरमा विश्व क्षयरोग दिवश मनाइएको छ ।

दिवसका अवसरमा नेपाल क्षयरोग निवारण संस्थाको होस्टेलमा बसेर उपचार गराइरहेका क्षयरोगीहरुलाई फलफूल वितरण गरिएको थियो ।

नेपाल क्षयरोग निवारण संस्था मोरङ शाखाका पूर्व अध्यक्ष नारायण श्रेष्ठ, पूर्वाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय धनकुटाका क्षयकुष्ठ अधिकृत ध्रुव उराव लगायतले फलफूल वितरण गरेका थिए ।

पूर्वाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय धनकुटाका क्षयकुष्ट अधिकृत उरावले क्षयरोग दर घटे पनि रोगी पहिचान गर्न समस्या रहेको बताए ।

यस्तै कार्यक्रममा बोल्दै नेपाल क्षयरोग निवारण संस्था मोरङ शाखाका पूर्व अध्यक्ष श्रेष्ठले सबैले मिलेर क्षयरोग न्यूनीकरणमा लाग्नुपर्नेमा जोड दिए ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.