विराटनगर, चैत १०
ओशो तपोवनका संस्थापक आचार्य स्वामी आनन्द अरुणले बुद्ध जयन्तिलाई वल्र्ड मेडिटेसन डे को रुपमा मनाउन पहल गरिनुपर्ने बताएका छन् ।
मेची–महाकाली जागरण अभियान अन्र्तगत आज विराटगरस्थित ओशो धर्मप्रदिप ध्यान आश्रममा आयोजित पत्रकारसंगको साक्षात्कारमा उनले यस्तो बताएका हुन् ।
उनले भगवान बुद्धको जिवनमा पुर्णिमाको दिन त्रियोगकोरुपमा देखिएको बताए । पुर्णिमाको दिन बुद्धले जन्म लिएर पुर्णिमाकैदिन निर्वाण र पुर्णिमाकैदिन शरिर त्याग गर्नुभएकोले बुद्ध जयन्तिको बिशेष महत्व रहेको बताए ।
उनले सो दिनलार्ई वल्र्ड मेडिटेसन डे को रुपमा संयुक्त राष्ट्र संघमा प्रस्ताव गरे अन्य राष्ट्रहरुले समेत समर्थन गर्न सक्ने विश्वास ब्यक्त गरे ।
स्वामी अरुणले त्यसकालागि नेपाल सरकारले पहल गर्नुपर्ने बताए । स्वामी अरुणले परिवर्तित जिवनशैलीका कारण मानिसहरुमा तनाव बढदो रहेको बताउदै तनावकै कारण मानिसहरु विभिन्न मानसिक रोगहरुले ग्रस्त भएको बताए ।
८० प्रतिशत रोगहरुको जड दिमाग नै भएकाले मानसिक शान्तिकालागि समेत सबैले मेडिटेसनलाई अंगिकार गर्नुपर्ने उनले बताए ।