बुद्ध जयन्तिलाई वल्र्ड मेडिटेसन डे को रुपमा मनाउनुपर्छ : आनन्द अरुण

१० चैत ७४, शनिबार
Share this
705shares

विराटनगर, चैत १०
ओशो तपोवनका संस्थापक आचार्य स्वामी आनन्द अरुणले बुद्ध जयन्तिलाई वल्र्ड मेडिटेसन डे को रुपमा मनाउन पहल गरिनुपर्ने बताएका छन् ।

Advertisement

मेची–महाकाली जागरण अभियान अन्र्तगत आज विराटगरस्थित ओशो धर्मप्रदिप ध्यान आश्रममा आयोजित पत्रकारसंगको साक्षात्कारमा उनले यस्तो बताएका हुन् ।

उनले भगवान बुद्धको जिवनमा पुर्णिमाको दिन त्रियोगकोरुपमा देखिएको बताए । पुर्णिमाको दिन बुद्धले जन्म लिएर पुर्णिमाकैदिन निर्वाण र पुर्णिमाकैदिन शरिर त्याग गर्नुभएकोले बुद्ध जयन्तिको बिशेष महत्व रहेको बताए ।

Advertisement

उनले सो दिनलार्ई वल्र्ड मेडिटेसन डे को रुपमा संयुक्त राष्ट्र संघमा प्रस्ताव गरे अन्य राष्ट्रहरुले समेत समर्थन गर्न सक्ने विश्वास ब्यक्त गरे ।

स्वामी अरुणले त्यसकालागि नेपाल सरकारले पहल गर्नुपर्ने बताए । स्वामी अरुणले परिवर्तित जिवनशैलीका कारण मानिसहरुमा तनाव बढदो रहेको बताउदै तनावकै कारण मानिसहरु विभिन्न मानसिक रोगहरुले ग्रस्त भएको बताए ।

Advertisement

८० प्रतिशत रोगहरुको जड दिमाग नै भएकाले मानसिक शान्तिकालागि समेत सबैले मेडिटेसनलाई अंगिकार गर्नुपर्ने उनले बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top