‘स्वास्थ्य उपकरण कानुनसम्मत किनिएको हो, धेरै छलफल नगरौं’ : प्रधानमन्त्री

१७ चैत २०७६, सोमबार
Share this
771shares

१७ चैत, काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले चीनबाट ल्याइएको स्वास्थ्य उपकरणको खरिद कानुनसम्मत र विधिगत भएको बताएका छन् । आइतबारको मन्त्रिपरिषद्को बैठकमा मन्त्रीहरुले स्वास्थ्य उपकरणका विषयमा प्रश्न उठाएपछि प्रधानमन्त्री ओलीले विधिसम्मत भएकोले त्यस विषयमा धेरै छलफल गर्नुनपर्ने बताएका हुन् ।

Advertisement

स्रोतका अनुसार बैठकमा सामान खरिद प्रक्रियाबारे प्रश्न उठेपछि स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सामान ल्याउनै पर्ने भएकाले आफूले मन्त्रीस्तरीय निर्णय गरेर खरिदको अनुमति दिएको बताएका थिए । उनले यो निर्णयको स्वामित्व मन्त्रिपरिषद्ले नै लिनुपर्ने बताएका थिए ।

Advertisement

केही मन्त्रीहरुले मन्त्रालयले मन्त्रीस्तरमा गरेको निर्णयको स्वामित्व सिंगो मन्त्रिपरिषद्ले लिन नसक्ने बताएपछि प्रधानमन्त्री ओलीले अहिलेको परिस्थितिलाई विशेष परिस्थिति भनिएको र संक्रामक रोग ऐन २०२० अनुसार नै धेरै निर्णय भएकाले उपकरण खरिदसम्बन्धी स्वास्थ्यमन्त्री ढकालको निर्णय पनि विधिसम्मत रहेको जिकिर गरेका थिए।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top