चार सय बढी भारतीय नागरिक वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा

१९ चैत, वीरगञ्ज । भारत जान भनेर विभिन्न ठाउँबाट आएका चार सय बढी भारतीय नागरिकलाई जिल्ला प्रशासन कार्यालय पर्साले नियन्त्रणमा लिएको छ ।

Advertisement

उनीहरूलाई वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसभित्र राखिएको छ । पर्साकी प्रहरी प्रमुख एसपी गंगा पन्तका अनुसार काठमाडौं, पोखरालगायतका ठाउँबाट ती भारतीय आफ्नो देश जान भनेर रक्सौल पुगेका हुन्।

उनीहरूलाई बुधबार बिहान नेपाल प्रहरीले खाना खुवाएको पन्तले जानकारी दिइन्। यसअघि नेपाल र भारतले आफ्नो सीमामा रहेका एकअर्काका नागरिकलाई सम्बन्धित देशमा नै व्यवस्थापन गर्ने निर्णय गरेका थिए।

Advertisement

सोहीबमोजिम दार्चुलापारिको धार्चुलामा ७ सय बढी नेपालीलाई त्यहाँको स्थानीय प्रशासनले शिविरमा राखेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top