सिमामा अलपत्र नागरिकहरुलाई यथास्थानमा क्वारेन्टाईन

१८ चैत ७६, बुधबार

१९ चैत, धनगढी । लकडाउनपछि देश फर्कन नपाएका नेपाली र भारतीयलाई दुवैतर्फका सीमा सुरक्षा बल तथा स्थानीय प्रशासनले आआफ्नै भूमिमा क्वारेन्टाइनमा राखेका छन् । नेपालमा रोकिएका भारतीय मजदुरलाई मंगलबारदेखि धनगढीस्थित त्रिनगर माविमा व्यवस्था गरिएको क्वारेन्टाइनमा राखिएको छ ।

धनगढी उपमहानगर, जिल्ला प्रशासन कार्यालय र सशस्त्र प्रहरीको समन्वयमा डडेलधुरा र कैलालीलगायत जिल्लामा काम गर्दै आएका २० कामदारलाई व्यवस्थापन गरिएको हो। उनीहरूलाई सीमा–नाकाबाट फर्काएर त्रिनगरमा क्वारेन्टाइनमा राखिएको धनगढीस्थित सशस्त्र प्रहरीको गण नम्बर ३४ का गणपति एसपी कमल तिमिल्सिनाले बताए ।

त्यस्तै कैलालीको सीमा क्षेत्रमा अलपत्र परेका ६० नेपालीलाई भारतीय सीमा सुरक्षा बलले पलियामा क्वारेन्टाइनमा राखेको उनले जानकारी दिए।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top