×

NEPAL TIMES UPDATES

Playing
शेखर गोल्छा फेरि किन प क्राउ परे ? धरौटी बुझाए लगत्तै नियन्त्रणमा || Nepal Times
May 05, 2026
Playing
अमेरिकाले जफत गरेको इरानी जहाज पाकिस्तानलाई हस्तान्तरण|| Nepal Times
May 04, 2026
Playing
के America र Iranबीच यु द्धविराम अन्त्य भएको हो ? || Nepal Times
May 04, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-21-2083 || Nepal Times|| Nepal Times
May 04, 2026
Playing
नेपालमा घण्टी बज्यो, तमिलनाडुमा सिठ्ठी|| Nepal Times
May 04, 2026
Playing
हिजबुल्लाहले पायो रुसी हति यार, Israelले रोक्न नसक्ने, फेरि खत रनाक खेल || Nepal Times
May 04, 2026
Playing
घरमा छापा मारेपछि आत्तिएका मुख्यमन्त्री बानियाँ के भन्दैछन् ?|| Nepal Times
May 04, 2026
Playing
युरोपेली गुप्तचरको निष्कर्ष– पुटिनको ह त्या हुन सक्छ|| Nepal Times
May 04, 2026
Playing
आज कोशीसम्मै वर्षा, हुरीबतास र चट्याङबाट बच्नु, बीपी राजमार्ग बन्द|| Nepal Times
May 04, 2026
Playing
Cambodia मा कठोर कानुन लागूः ५ लाख डलर जरिबाना र आ जीवन कैद || Nepal Times
May 04, 2026

नेपाल कोरोना अपडेट : नयाँ संक्रमित थपिएका छैनन्

२१ चैत्र २०७६

२१ चैत, काठमाडौँ ।
स्वास्थ्यतथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको संख्या नबढेको स्पष्ट पारेको छ । शुक्रबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर विकास देवकोटाले संक्रमितको संख्या बढेको भन्ने समाचारको खण्डन गर्दै संक्रमितको संख्या यथावत रहेको पुष्टि गरेका हुन् ।

उनले विभिन्न संञ्चार माध्यममा पोखरामा कोरोना भाइरसको पोजेटिभ केस देखिएको भनी आएको समाचार आएको उल्लेख गर्देै उनले निको भएको सहित गरेर जम्मा ६ वटा केस मात्रै पोजेटिभका भएको स्पष्ट पारे । उनले भने “हालसम्म संक्रमित केस जम्मा ५ वटा हो । एउटा निको भएर गईसकेको बाहेक । निको भएको सहित ६ वटा हो । यो ५ वटामा आइसोलेनमा उपचार भईरहको टेकूमा २ वटा , बाग्लुङमा २ वटा र धनगढीमा १ वटा हो । ”

Advertisement
Advertisement

प्रदेशका विभिन्न स्थानमा नमुना परीक्षणका लागि नयाँ मेसिनहरु राखिएकाले कुनै संकास्पद केश भएमा त्यसको पुन परीक्षण गरेपछि मात्रै निष्कर्षमा पुग्न सकिने उल्लेख गरे । उनले भने “अहिले पोखराको हालसम्म कुनैपनि पोजेटिभ केस छैन । अहिले हामीले प्रदेशमा विस्तार गर्यौ । प्रदेशमा मेसिनहरु गएको छ । त्यो मेसिनहरुको भ्यालिडेसनको कुरा आउँछ । केही कुराहरु त्यहाँ प्रस्ट रुपमा गर्नुपर्ने हुन्छ । संख्या यथेष्ट रुपमा गरेर पोजेटिभ नेगेटिभ को संख्याहरु आएर अन्तपनि भेरिफाई भयो भने यो सिस्टम ठिक छ भनेर भन्न सकिन्छ । यो नर्मल फेनोमेना हो । भ्यालिडेसन गर्ने क्रममा त्यो मेसिन र रिएजेण्टहरु मिल्ने कुराहरुलाई हेर्दा केही नमुनाहरु चाहीँ हामीले ‘रि’ गर्नुपर्ने हुन्छ । हाम्रो नतिजा कंक्रिड होस् भन्नका लागि हो । यो सधैभरी गर्नुपर्दैन । केही समयका लागि हुन्छ ।  कुनै केस शंकास्पद भयो भने त्यहाँपनि हुन्छ यहाँ पनि रिपिट हुन्छ । थप नमुना लिईन्छ । यो प्रोसेस भईसकेपछि मात्रै हामीले रिजल्ट प्रकाशित गर्छौ त्यो हिसाबले आजसम्म हालसम्म पोखरामा पोजेटिभ नआएको स्थिति छ । ”

प्रवक्ता डाक्टर देवकोटाले पछिल्लो छैटौ केसको कन्ट्रयाक्ट टेसिङ सुरु भएको पनि उनले जानकारी दिए । पत्रकार सम्मेलनमा दिईएको जानकारी अनुसार, अहिले सम्म राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकूमा अहिले सम्म जम्मा १ हजार २ सय ७७ वटा नमुना परीक्षण भएको । प्रतिदिन सयभन्दा बढीका दरले टेकूमा नमुना परीक्षण गर्न थालिएको छ । काठमाण्डौ बाहिर ७८ वटा नमुना परीक्षण गरिएको छ । धरानमा ३९, जनकपुरमा ५, हेटौडामा ५, पोखरामा १९ , सुर्खेतमा७ र धनगढीमा ४ वटा नमुना परीक्षण गरिएको हो । सबै परीक्षण नेगेटिभ आएका छन् । बुटबलमा भने नमुना परीक्षणका लागि मेसिन जडान कार्य सुरु भईरहेको छ ।

भक्तपुरका खरिपाटी क्वारेन्टाईनमा रहेका सबै ९६ जनातथा कैलाली र कञ्चनपुरका क्वारेन्टाईनमा रहेका ९२ जनाको नमुना संकलन गरिएको छ । कोभिड १९ को संभावित संक्रमणको आंशकामा उपत्यकामा १५ र उपत्यकाबाहिर १०५ गरी मुलुकभर १सय २० जना आइसोलेसनमा उपचारत छन् ।

Advertisement
Advertisement

मन्त्रालयको एप्समा ५ हजार ६ सय २६ जनाले आफ्नो व्यक्तिगत स्वास्थ्य विवरण भरेको र तीमध्ये १ सय ७जना रेड जोनमा रहेकाले उनीहरुलाई इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखामार्फत सम्पर्क गरिने डाक्टर देवकोटाले बताए । रेडजोनमा रहेकाको ट्राभल हिस्ट्री लगायत हेरेर नमुना परीक्षण गरिने छ । एप्समा भरिएको विवरण र सम्पर्क ठेगाना कतिपयको गलत भएकाले सही विवरण भरिदिन पनि मन्त्रालयले अनुरोध गरेको छ । डाक्टर देवकोटाले पिपिइको दुरुपयोग नगर्न र कोभिड १९ बाहेक अन्य विरामीलाई इमरजेन्सी सेवा बाट बञ्चित नगर्न पनि सबै अस्पताललाइ आग्रह गरेका छन ।

भर्खरको समाचार

पुटिनको ज्यान जोखिममा, सुरक्षा बढाइयो

Vladimir-Putin

मलको हाहाकार र युद्धको बाछिटाः बालेनले किसानलाई मल देलान् ?

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

राजा महेन्द्रको मौनताले गुमेको थियो लिपुलेक र कालापानी ?

mahendra-bir-bikram-shah-dev-59d8aa66ea8d42.19514437_MYCML1jMkd

रास्वपाबाट पालिकाको उम्मेदवार बन्न पनि चुनाव जित्नु पर्ने

balen rabi rasopa team

अमेरिकी एफ–३५ लडाकु विमान खसाल्ने चिनियाँ ‘ट्युटोरियल’ भाइरल

Screenshot 2026-05-04 132111

होर्मुजमा ट्रम्पले घोषणा गरेको प्रोजेक्ट फ्रिडम के हो ?

HORMUZ

बालेन सरकार र शीतल निवासबीचको सम्बन्धमा दरार ? यस्ता छन् ३ विकल्प

42412c11-68f9-4814-ade7-2710d505dd4c

लिपुलेकबारे नेपालको कडा नोटपछि मध्यरातमा भारतले के दियो जवाफ ?

Screenshot 2026-05-04 102749

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

सम्बन्धित खबरहरु

Scroll to Top