गस्ती बढाइए पनि मारिए गोही र हात्ती

२१ चैत ७६, शनिबार

२२ चैत्र, काठमाडौँ ।
निकुञ्ज र आरक्षमा गस्ती बढाइए पनि लकडाउनको फाइदा उठाउँदै चितवन निकुञ्जमा घडियाल गोही र बर्दिया निकुञ्ज नजिकै करेन्ट लगाएर हात्ती मारिएको छ ।

चितवन निकुञ्जको अमलटारी क्षेत्रको नारायणी नदीमा २ र सौराहा नजिकको ढुंग्रेखोलामा १ गरी तीन घडियाल गोही मारिएको भेटिएको निकुञ्जका सहायक संरक्षण अधिकृत वेदकुमार खड्काले जानकारी दिए ।

उनका अनुसार माछा मार्नका लागि प्रयोग भएका जाल झिक्ने क्रममा ती गोहीलाई हतियार प्रयोग गरेर मारिएको हो । तीन वटै गोहीको लम्बाइ २ मिटरको छ । मारिएका गोही निकुञ्जको मुख्यालय, कसरास्थित गोही प्रजनन् केन्द्रमा हुर्काएर छोडिएकामध्ये हुन् ।

‘पोस्टमार्टम गरेर हेर्दा गोहीको टाउकोमा रगत जमेको पाइएको छ । यसबाट कुनै वस्तुले हानेर मारिएको पुष्टि हुन्छ,’ खड्काले भने, ‘६ महिनासम्म खानेकुरा नपाए पनि गोही यत्तिकै मर्दैन, यो मारिएको नै हो ।’ कसले मारेको हो भन्ने अहिलेसम्म पत्ता लागेको छैन ।

निकुञ्जले खोजी जारी राखेको छ । लकडाउनको मौका छोपेर माछा मार्न गएका व्यक्तिले माछा निकाल्ने क्रममा गोही मारेको हुनसक्ने निकुञ्जको भनाइ छ ।

यता, निकुञ्ज विभागका महानिर्देशक गोपालप्रकाश भट्टराईले भने चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीले अहिलेसम्म गोही मारिएकोबारे आफूलाई जानकारी नदिएको बताए ।

उता, बर्दिया निकुञ्ज नजिकै तीन दिनअघि एक वयस्क हात्ती मारिएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार राजापुर नगरपालिका ७ शंकरपुरमा तीन दिनअघि एक भाले हात्ती मृत अवस्थामा फेला परेको हो । त्यो क्षेत्र निकुञ्जभन्दा बाहिरको हो ।

बरालका अनुसार उक्त हात्तीलाई करेन्ट लगाएर मारिएको हो । बर्दिया निकुञ्जका पशु चिकित्सक चित्रबहादुर खड्काले मरेको हात्तीको पोस्टमार्टम गरेका थिए । त्यसपछि दारा र नंग्रा काटेर पुरिएको बरालले जानकारी दिए ।

गत शुक्रबार पर्सा निकुञ्जको महादेवखोला क्षेत्रमा तस्करको समूह र निकुञ्जको संरक्षणमा खटिएका सेनाबीच गोली हानाहान हुँदा एक जना तस्करको ज्यान गएको छ भने सेनाका एक जमदार घाइते भएका छन् ।

भर्खरको समाचार

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

सम्बन्धित समाचार

Scroll to Top