Nepal Times
Nepal Times
3
Shares

शहिद पार्क ८ वर्षमा पनि बनेन

शहिद पार्क ८ वर्षमा पनि बनेन

धनकुटा, चैत १४
२०३६ सालको बहुचर्चित छिन्ताङ्ग हत्याकाण्डका शहिदहरुको स्मृतिमा धनकुटाको शहिदभूमि गाउँपालिकाकामा निर्माणाधिन स्मृति पार्क आठ बर्ष बितिसक्दा समेत पूरा हुन सकेको छैन् ।

शान्तितथा पुननिर्माण मन्त्रालयको आर्थिक सहयोगमा शहिदभूमि गाउँपालिकाको दुई र तीन नम्वर वडामा पर्ने पाताल डाँडामा निर्माणाधीन स्याटेलाइट पार्क, सामुगाउँ–पञ्चकन्या भएर पाताल डाँडाँ जोड्ने सडक, भ्यूटावर, सामुदायिक भवन र खानेपानी लगायत पूर्वाधारको ५० प्रतिशत काम अझै बाँकी छ ।

ऐतिहासिक पर्टकीय स्थलको रुपमा विकास गर्ने लक्ष्य सहित निर्माण थालिएको स्मृति पार्कसम्म पुग्ने सात किलोमिटर मोटरबाटो ग्राभेल गर्ने भनिए पनि उक्त काम अझै पूरा भएको छैन् ।

भ्यूटावर र खानेपानीका पूर्वाधार पनि अधुरै छन् । गतबर्ष पर्यटन मन्त्रलयबाट ७० लाख रुपैयाँ बिनियोजन भए पनि ठेकेदारको ढिलासुस्तिका कारण काम हुन नसकेपछि ५० लाख रुपैयाँ भन्दा बढि रकम फ्रिज भएको थियो ।

ठेक्का मार्फत गरिएको काम सन्तोषजनक नभएपछि ठेक्का तोडेर यो बर्षबाट उपभोक्ता समिति मार्फत काम थालिएको छ । चालु आर्थिक बर्षमा दुई किलोमिटर सडक सोलिङ्ग, पोखरी, गेट तथा अलपत्र भ्यूटावर निर्माणका लागि ६५ लाख रुपैयाँ प्राप्त भएको पार्क निर्माण समितिका अध्यक्ष रुपलाल राईले जानकारी दिए ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.