तेह्रथुम, चैत १४
तेह्रथुम र संखुवासभाको सिमा गुफा बजारमा पर्यटन सुचना केन्द्र स्थापना गरिएको छ । सूचना केन्द्र सहितको सांस्कृतिक संग्राहालय निर्माण भएपछि यहाँ आउने आन्तरिक तथा वाह्य पर्यटकलाई सुविधा पुगेको छ ।
ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) को आर्थिक सहयोगमा टिएमजे पर्यटन प्रवद्र्धन केन्द्रले संग्राहालय निर्माण गरेपछि यो क्षेत्रमा घुम्न आउने पर्यटकलाई सुविधा भएको हो ।
पूर्वमा बसोबास गर्ने विभिन्न जातजातिहरुको जातीय संस्कारमा आधारित साम्रगी, लुगा कपडा र उनीहरुले प्रयोग गर्दै आएका पुराना समान संकलन गरेर संग्राहालयमा राखिएको छ ।
कुम्भकर्ण, मकालु र कञ्चनजंघा हिमाल आधार शिविर तर्फ जाने पर्यटक पदमार्गमा रहेको केन्द्रबाट पर्यटकलाई आबश्यक पर्ने सुचना उपलव्ध गराउने व्यवस्था मिलाईएको छ ।
संग्राहालयमा पूर्वमा वसोवास गर्ने लिम्वु, राई, मगर, क्षेत्री, वाह्रमण, शेर्पा, तामाङ, याख्खा, गुरुङ लगायतका जातिले प्रयोग गर्दै आएका पूराना सामग्रीहरु राखिएको छ ।