Nepal Times
Nepal Times
3
Shares

श्रमजीवी पत्रकारसम्बन्धी ऐन कार्यान्वयनको अवस्था विषयक अन्तरक्रिया सम्पन्न

श्रमजीवी पत्रकारसम्बन्धी ऐन कार्यान्वयनको अवस्था विषयक अन्तरक्रिया   सम्पन्न

विरटनगर, चैत १४
नेपाल पत्रकार महासंघ मोरङ र न्यूनतम पारिश्रमिक निर्धारण समितिको संयुक्त आयोजनामा मिति २०७४ चैत १३ गते विराटनगरमा श्रमजीवी पत्रकारसम्बन्धी ऐन कार्यान्वयनको अवस्था विषयक एकदिने अन्तक्र्रिया सम्पन्न भएको छ ।

 

नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै अध्यक्ष आचार्यले महासंघमा नयाँ नेतृत्व आएपछि १९ वटा श्रमजीवी पत्रकारहरूको उजुरी आएको बताउँदै त्यसमध्ये १८ वटा उजुरीको समस्या समाधान गरेको र बाँकी एक कानूनी प्रक्रियामा गएको जानकारी दिए ।

कार्यक्रममा न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुलीले कागजमा न्यूनतम पारिश्रमिक दिएको उल्लेख भए पनि व्यवहारमा कार्यान्वयन नभएको अवस्था पाइएको बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ मोरङका पूर्वअध्यक्ष महेन्द्र बिष्ट, महासंघ मोरङका अर्का पूर्वअध्यक्ष मोहन भण्डारी, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य गणेश लम्सालले महासंघ कडा रुपमा प्रस्तुत नभएसम्म ऐन कार्यान्वयन हुन सक्ने अवस्था नरहेको बताए ।

नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष बन्धु पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा पारिश्रमिक निर्धारण समितिका सदस्य बिवेक गौतम, नेपाल प्रेस युनियन उपाध्यक्ष लीलाबल्लभ घिमिरे, मधेसी पत्रकार समाज मोरङका अध्यक्ष श्यामसुन्दर सुतिहारलगायतले श्रमजीवी पत्रकारको पारिश्रमिक ऐनको भरपर्दो कार्यान्वयन नभएकोतर्फ समितिको ध्यानाकर्षण गगराएका थिए ।

यसैबीच नेपाल पत्रकार महासंघ मोरङको आयोजनामा नेपाली भाषाको प्रभावकारिता, शुद्धता र सुस्पष्टताका विषयमा तीनदिने भाषा प्रशिक्षण पनि चैत १३ गतेदेखि सुरु भएको छ । भाषा अभियन्ता केदार शर्माले सहभागीहरूलाई भाषासम्बन्धी नयाँ आयाम र प्रयोगको बारेमा सहजीकरण गरेका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.