बलिउड गायिका कनिका अस्पतालबाट डिस्चार्ज

२४ चैत्र, एजेन्सी ।
चर्चित बलिउड गायिका कनिका कपूर अस्पतालबाट डिस्चार्ज भएकी छन् ।

छैठौँ पटकको परीक्षणमा कोरोना नेगेटिभ देखिएपछि उनलाई अस्पतालले डिस्चार्ज गरेको हो । तर अझै पनि उनले १४ दिनसम्म होम क्वारेन्टाइनमा बस्न डाक्टरहरुले सल्लाह दिएका छन् ।

लण्डनबाट फर्केकी कनिकालाई कोरोना संक्रमण भएपछि अस्पताल भर्ना गरिएको थियो । कोरोना संक्रमण भएर पनि सार्वजनिक समारोहमा धेरै व्यक्तिसँग सम्पर्कमा रहेपछि उनीविरुद्ध प्रहरीमा उजुरी परेको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top