×

NEPAL TIMES UPDATES

Playing
मलेसियाविरुद्ध नेपालको संघर्षपूर्ण जित || Nepal Times
May 20, 2026
Playing
Top 15 Afternoon News || May-20-2026 || Nepal Times
May 20, 2026
Playing
नेपाल कालोसूचीमा पर्न लागेको हो? एपिजीको समूहले के भन्यो ? || Nepal Times
May 20, 2026
Playing
मधेशदेखि सुदूरपश्चिमसम्मः सत्ता फेरबदलको नयाँ अध्याय सुरु || Nepal Times
May 20, 2026
Playing
हर्कले पर्चा देखाएपछि सभामुख रिसाए, दिए कारबाहीको चेताव*नी|| Nepal Times
May 20, 2026
Playing
कतै वर्षा, कतै ४१ डिग्रीको गर्मी, ठाउँ–ठाउँमा सडक अवरुद्ध || Nepal Times
May 20, 2026
Playing
नेपालमा बर्ड*फ्लुको जो*खिम, म*रेका कागमा संक्र*मण, उच्च सतर्कता अपनाउनु || Nepal Times
May 20, 2026
Playing
भारतले नेपाललाई दुःख दिन थाल्यो,नेपाली चिया रोक्यो,व्यापारिक कि कूटनीतिक ? || Nepal Times
May 20, 2026
Playing
Xi–Putin वार्तामा के भयो ? विश्वको ध्यान केन्द्रित || Nepal Times
May 20, 2026
Playing
श*वमा पनि सकिदैन इबोला भाइरस ‘टाढाको संकट’ भनेर भूल नगरौँ || Nepal Times
May 19, 2026

ट्याङ्कर दुर्घटनामा दुईको मृत्यु, तीन गम्भीर

१४ चैत्र २०७४

उदयपुर, चैत १४
आज बिहान सिद्धिचरण लोकमार्गअन्तर्गत उदयपुरको कटारीबाट घुर्मीतर्फ जाँदै गरेको ना ६ ख ३२३१ नंको एउटा तेल बोकेको ट्याङ्कर कटारी नगरपालिका–११, गहुँबारी भन्ने स्थानमा दुर्घटना हुँदा दुईजनाको घटनास्थलमा नै मृत्यु भएको छ भने तीनजनाको अवस्था गम्भीर रहेको छ ।

 

Advertisement
Advertisement

जिल्ला प्रहरी कार्यालय, उदयपुरका अनुसार दुर्घटनामा मृत्यु हुनेमा बारा जिल्लाको अमलेखगञ्जका २३ वर्षीय चालक पूर्णप्रसाद खनाल र अर्का मकवानपुर बस्ने ३१ वर्षीय सहचालक सरोज मोक्तान रहेका छन् ।

अन्य गम्भीर घाइते हुनेहरुमा भक्तपुरका २४ वर्षीय सुवास तामाङ, बाराका १७ वर्षीय अभिषेक श्रेष्ठ र दोलखा चरिकोटका २५ वर्षीय सुजन गोले रहेको कुरा जिल्ला प्रहरी कार्यालय, उदयपुरले बताएको छ ।

अहिले इलाका प्रहरी कार्यालय, कटारीबाट प्रहरी परिचालन गरी मृतकलाई प्रहरीले कटारी अस्पतालमा झार्ने कार्य शुरु गरेको छ भने गम्भीर घाइतेहरुलाई एम्बुलेन्समार्फत काठमाडौँ पठाउने कार्य शुरु भएको उदयपुरका प्रहरी प्रमुख नवराज भट्टले बताए ।

Advertisement
Advertisement

आज बिहान ४ बजे ट्याङ्कर सडकबाट अनियन्त्रित भई एक हजार मिटर तल खसेको प्रहरीले बताएको छ । घटनास्थल कटारी बजारबाट २६ किलोमिटर पश्चिम उत्तरतर्फ रहेको प्रहरीले जनाएको छ ।
।ासस

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top