सामुदायिक स्वास्थ्य एकाइ सञ्चालनमा

पाँचथर, चैत १४
पाँचथरको हिलिहाङ गाउँपालिका वडा नं ३ मा सामुदायिक स्वास्थ्य एकाइको उद्घाटन गरिएको छ । स्वास्थ्य एकाइको प्रतिनिधिसभा सदस्य वशन्तकुमार नेम्वाङले उद्घाटन गरेका छन् ।

Advertisement

 

उद्घाटन कार्यक्रममा सांसद नेम्वाङले यस स्वास्थ्य एकाइबाट घरदैलोमै नागरिकले सेवा सुविधा पाएको भन्दै यस स्वास्थ्य एकाइलाई अघि बढाउन स्थानीयवासीको महत्पूर्ण भूमिका हुने बताउँदै यसका लागि राज्यले पनि सहयोग गर्नुपर्ने बताए ।

Advertisement

यस्तै, कार्यक्रममा हिलिहाङ गाउँपालिका प्रमुख तथा नेकपा एमाले का गाउँपालिका इन्चार्ज भवानीप्रसाद लिङ्देनले यस स्वास्थ्य एकाइलाई अघि बढाउन गाउँपालिकाले पनि आवश्यक सरसहयोग गर्दै जाने बताए ।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टार्जनकुमार लिम्बू, वडा नं १ का वडाध्यक्ष गोपीकृष्ण भण्डारी, २ नं वडाका वडाध्यक्ष भीमप्रसाद हेम्ब्या, वडा नं ३ का वडाध्यक्ष मदन गौतम, प्राथमिक स्वास्थ्य केन्द्र, गोपेटारका प्रमुख किरण पाण्डेलगायतले बोलेका थिए । यस स्वास्थ्य एकाइमा अहिले अहेव र अनमी गरी दुईजनाले काम गर्दै आएका छन् ।
रासस

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top