जापानका टोकियोसहित छ सहरमा आपतकाल घोषणा

२४ चैत ७६, मंगलबार

२५ चैत्र, एजेन्सी ।
कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि जापानको राजधानी टोकियोसहितका ६ शहरमा आपतकालीन अवस्था घोषणा गरिएको छ।

प्रधानमन्त्री शिन्जो आबेले कोरोना भाइरसको संक्रमण फैलिने उच्च जोखिम रहेका शहरमा एक महिनाका लागि आपतकालीन अवस्था घोषणा गरेका हुन्। टोकियो र ओसाकासहितका शहरमा आपतकालीन अवस्था घोषणा भएको हो।

तर जापानमा युरोपमा जस्तो लकडाउन नहुने प्रधानमन्त्री आबेले बताएका छन्। मानिसहरुलाई घर भित्रै बस्न र अत्यावश्यक बाहेकका व्यवसाय बन्द गर्न आग्रह गरिएको छ।

Advertisement

जापानमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमितको संख्या तीन हजार ९०६ पुगेको छ। यस्तै मृत्यु हुनेको संख्या ९२ छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top