Nepal Times
Nepal Times
3
Shares

सेतो मत्स्येन्द्रनाथको दर्शन गर्न भक्तजनको भीड

सेतो मत्स्येन्द्रनाथको दर्शन गर्न भक्तजनको भीड

काठमाडौँ, चैत १४
काठमाडौँको लगनटोलमा सेतो मत्स्येन्द्रनाथको दर्शन गर्न भक्तजनको भीड लागेको छ । मत्स्येन्द्रनाथको मूर्तिलाई मंगलबार साँझ रथयात्रा गरी यहाँ ल्याइएपछि स्थानीय तथा आसपासका सर्वसाधारण दर्शनका लागि भेला भएका छन् ।

 

गत आइतबार तीनधारा पाठशालाबाट शुरु भएको मत्स्येन्द्रनाथको रथयात्रा असन, सोमबार हनुमानढोका र मंगलबार लगन पु¥याइएको हो । जनवहालस्थित मन्दिरबाट उक्त मूर्ति विधिविधानपूर्वक रथारोहण गरी लगनस्थित माताको मन्दिरमा तीनपटक परिक्रमा गराउने प्रचलन छ ।

आजै साँझ आमा र छोराको भेट गराउने कार्यक्रम रहेको सेतो मत्स्येन्द्रनाथ रथयात्रा व्यवस्थापन समितिले जनाएको छ । वर्षा र सहकालका देवता मानिने मत्स्येन्द्रनाथलाई दर्शन गरेमा रोगव्याधीबाट मुक्त भइने जनविश्वास रहेको काठमाडौँ महानगरपालिका–२४ का वडा सदस्य विनोद तुलाधरले बताए । परिक्रमापछि सानो खटमा राखेर मूर्तिलाई जनवहालस्थित मन्दिरमा पु¥याइने छ ।
रासस

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.