इङ्ल्याण्ड र इटली १–१ को बराबरीमा

१४ चैत ७४, बुधबार
Share this
749shares

विराटनगर, चैत १४
अन्तर्राष्ट्रिय प्रतियोगिता हुँदा जहिले पनि उपाधीको दावेदार मानिने इङ्ल्याण्ड इटलीविरुद्धको मैत्रीपूर्ण खेलमा १–१ गोलको बराबरीमा रोकिएका छन् । लण्डनको वेम्ले स्टेडियममा भएको खेलमा इग्ल्याण्डले एक गोलको अग्रता जोगाउन सकेन ।

Advertisement

खेलको २६ औं मिनेटमा जिमी भार्डेको गोलमार्फत इग्ल्याण्डले पाहुना टिम इटलीलाई पछि पारेको थियो । पहिलो हाफमा एक गोलको अग्रता बनाएको इङ्ल्याण्डले ८६ औं मिनेटमा डिबक्समा इटलीका खेलाडीलाई फल गरेपछि पेनाल्टीको अवसर दियो ।

जसलाई इटलीका लोरेन्जो इन्सीग्नीले गोलमा परिणत गर्दै खेल बराबरीमा पुर्याए । बाँकि समयमा दुवै टिमले गोलका लागि प्रयास गरे पनि सफल हुन नसकेपछी १–१ को बराबरीमा रोकिएका हुन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top