Nepal Times
Nepal Times
3
Shares

मैत्रीपूर्ण फुटबलमा फ्रान्सद्धारा रसिया ३–१ ले पराजित

मैत्रीपूर्ण फुटबलमा फ्रान्सद्धारा रसिया ३–१ ले पराजित

विराटनगर, चैत १४
फ्रान्स र रसियाबीच भएको मैत्रीपूर्ण खेलमा फ्रान्सले रसियालाई ३–१ गोल अन्तर पराजित गरेको छ । सेन्ट पिटर्सबर्गमा भएको खेलमा फ्रान्सको जितमा किलियन बाप्पेले दुई गोल गका थिए ।

प्रतिस्पर्धात्मक बनेको खेलको ४० औं मिनेटमा बाप्पेको गोलमार्फत फ्रान्सले अग्रता बनाएको थियो । त्यसपछि ४९ औं मिनेटमा पाउल पोग्वाले गोल गर्दै अग्रता २–० मा पुर्याए । तर ६८ औं मिनेटमा फियोदोर मोलोभले रसियाका लागि गोल गर्दै अन्तर २–१ मा झारे ।

८३ औं मिनेटमा पुनः बाप्पेले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गर्न सफल भए । त्यसपछि रसिया खेलमा फर्कन सकेन र फ्रान्सले सहज जित निकाल्न सफल भयो ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.