६ सय ३० को परीक्षण रिपोर्ट नेगेटिभ, १ सय २५ जना आइसोलेसनमा

२८ चैत, काठमाडौँ ।
कोरोना रोकथाम तथा नियन्त्रण कोषमा जम्मा गर्न चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको तलब अहिलेसम्म कट्टी नगरिएको सरकारले बताएको छ । शुक्रबार भएको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकाटाले अहिलेसम्म तलब कट्टी नगरिएको बताए ।

सरकारले विभिन्न तहका कर्मचारीले ३ देखि ७ दिनसम्मको तलब कट्टी गर्ने निर्णय गरेपनि चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको तलब क्टटी नभएको बताए । उनले उच्च मनोबलका साथ काम गर्न पनि स्वास्थ्यकर्मीहरुमा आग्रह गरेको छ । यस्तै आइतबार यता छैटौँ दिनसम्म नेपालमा कोरोना भाइरस (कोभिड—१९) को नयाँ संक्रमण देखिएको छैन् । शनिबार एकैदिन तीनजनामा कोरोना भाइरसको लक्षण देखिएपनि त्यसयता भने नयाँ विरामी फेला नपरेको प्रवक्ता देवकोटाले बताए ।

पछिल्लो २४ घण्टामा परीक्षण रिपोर्ट आएका ६ सय ३० जनामा पनि नेगेटिभ देखिएको छ । उपत्यका ४ सय १ र बाहिर २ सय २९ वटा परीक्षण भएका छन् । मन्त्रालयका प्रवक्ता डा. देवकोटाले अहिलेसम्म ३ हजार ५ सय २४ जनाको कोरोना परीक्षण भएको बताए । अहिले ८ सय भन्दा बढी नमुना परीक्षणको क्रममा रहेका छन् ।

बिहीबारबाट ¥यापिड डाइग्नोष्टिक परीक्षण सुरु गरिएको छ । सातवटै प्रदेशमा ५ हजारका दरले वितरण गरिएकोमा केही जिल्लाबाट रिपोर्ट समेत आउन सुरु गरेको मन्त्रालयले जनाएको छ । ४ जनामा कोरोना संक्रमण देखिएको कैलालीमा बिहीबार यता ३ सय ३९ जनामा परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ । यसैगरी कञ्चनपुरमा ३ सय ७६, कपिलवस्तुमा २१ र बाग्लुङमा १९ जनाको परीक्षण गरिएको छ । उनीहरु सबैको रिपोर्ट पनि नेगेटिभ आएको प्रवक्ता डा. देवकोटाले बताए ।

उपत्यका बाहिर १० स्थानबाट कोरोना परीक्षण भइरहेको छ । कोशी अस्पतालमा शुक्रबारबाट मेसिन जडान भएसँगै उपत्यका सहित देशभरी १० स्थानबाट परीक्षण थालिएको हो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र नेपाली सेनाको टोलीले डडेल्धुरा, बैतडी तथा कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट ७ सय बढी नमुना परीक्षणका लागि संकलन गरि पठाएको छ । सरकारले सेवा बाहिर रहेका र अवकाश प्राप्त स्वास्थ्यकर्मीहरुलाई स्वेच्छिक रुपमा आवद्ध हुन पनि आग्रह गरेको छ । शुक्रबार ८ हजार ६ सय ६० जना क्वारेन्टाइनमा रहेका छन् । उपत्यका भित्र १५ र बाहिर ११० गरी १ सय २५ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top