अबको जोड कोरोनाको ‘र्यापिड डाइग्नोष्टिक टेष्ट’: मुख्यमन्त्री राई

२८ चैत ७६, शनिबार

२८ चैत, विराटनगर ।
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारको अबको जोड कोरोना संक्रमण पत्ता लगाउने परीक्षणमा केन्द्रीत भएको बताएका छन् । ‘‘हामीहरु अहिले कोरोना भाइरस (कोभिड—१९) विरुद्धको लँडाईमा छौं । यो भाइरस रोकथाम, नियन्त्रण र जनताको जीवन रक्षाका लागि देश लकडाउन भएको पनि शुक्रबार १८ दिन भएको छ,’’ मुख्यमन्त्री राईले शुक्रबार भने ,‘‘यो भाइरस नियन्त्रणकै लागि अहिले पनि देश लकडाउनको अवस्थामा छ । अहिले हाम्रो प्रदेशबाटै कोरोना परीक्षण भइरहेको छ । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट दिनमा १२ जनाको दरले स्वाब टेस्ट भइरहेको कुरा विदितै छ ।’’

शुक्रबारबाट कोशी अस्पतालबाट कम्तिमा दिनमा ९६ जनाको स्वाब परीक्षण हुने गरी ल्याब संचालनमा आएको छ । यो ल्याबको निरीक्षण शुक्रबार नै मुख्यमन्त्री राईले गरेका छन् । राईले भने,‘‘यहाँहरुलाई जानकारी गराउन चाहन्छु आजबाटै र्यापिड डाइग्नोष्टिक टेष्टको शुरुवात गरिएको छ । पहिलो चरणमा क्वारेन्टाइनमा रहेकाहरुको परीक्षण कार्य आजबाटै शुरु भएको छ ।’’ केही दिनभित्रै झण्डै ६ हजार जनाको कोरोना ल्याब टेष्ट गर्न सकिने र यसलाई तीव्र्र गति दिइने मुख्यमन्त्रीको भनाइ छ ।  यस प्रकार कोरोनालाई पराजित गर्न सरकार प्रदेशवासीको सुरक्षाको ग्यारेन्टी गर्न परीक्षण महत्पूर्ण हुने मुख्यमन्त्री राईको अपेक्षा छ ।

शुक्रबारसम्म १ सय ८० जनाको ‘थ्रोट स्वाब’ संकलन गरिएको छ भने १ सय ५२ जनाको रिपोर्ट नेगेटिभ देखिएको छ । उपलब्ध अत्यावश्यक स्वास्थ्य सामग्रीहरु सबै ठाउँ पठाइएको मुख्यमन्त्रीले बताए । प्रदेशका ४८ स्थानमा ४ सय ३२ आइसोलेशन बेड बनेका छन् भने ४४ बेड संख्याको आइसियू तयार भएका छन् । २ सय ६१ ठाउँमा ४ हजार १ सय ९८ वटा क्यारेन्टाईन बेड बनेका छन् । यी बनेका क्वारेन्टाईनमा ६ सय ८ जना बस्नु भएको छ । हाम्रो प्रदेशमा होम क्वारेन्टाईनमा ३ हजार २ सय ९५ जना बसेका छन ।

Advertisement

क्वारेन्टाइनको रेखदेख मापदण्डअनुसार संचालनको अगुवाई सबै जिल्लामा नेपाली सेनाबाट हुने कुरा समेत मुख्यमन्त्री राईले अवगत गराएका छन् । प्रदेश सरकारले स्थापना गरेको प्रदेश १ जनसुरक्षा कोषमा १२ करोड ८७ लाख ६६ हजार ६ सय ५३ रुपैयाँ जम्मा भएको पनि मुख्यमन्त्री राईले जानकारी दिए ।

Advertisement

भर्खरको समाचार

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

नेपालमा कहिले भित्रिदै छ मनसुन ?

mausam-2075-12-18-768x388

अमेरिकाले ‘इंडो–प्यासिफिक’बाट हटायो ‘इंडो’, भारतलाई के असर ?

df611d9d-72c0-48cb-af17-90cf7d720156

मेस्सीको ह्याट्रिक, हालान्ड–एम्बाप्पेहरु चम्किदा रोनाल्डोमाथि दबाब

messi8_mfX84plZJJ

देउवा दम्पतीलाई एयरपोर्टबाटै पक्राउ पर्ने डर, पत्र लेखेर के भने ?

deuba-aarju

चीन किन नेपालसँग अझै ढुक्क छैन? बेइजिङको के छ शंका ?

724194707_979261381555456_3579422844604369041_n (1)

जी ७ नेताको गफ भाइरल,मेलोनीले धूम्रपान त्यागिन्,घडी चर्चा,ट्रम्पले पाए उपहार

724721416_1808898560604368_6721856353904469115_n

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

5ba2e55d-59c8-4258-883c-8d54d684c785

नागढुङ्गा सुरुङमार्ग साउनदेखि खुल्ने, कति लाग्छ दस्तुर ?कसरी गर्ने यात्रा?

ffa015e2-9865-4845-91e1-255af2ca8345

सम्बन्धित समाचार

Scroll to Top