लकडाउनको २० औं दिन, कतै सुनसान कतै सयौं पक्राउ

३० चैत, काठमाडौं । आइतबार लकडाउन घोषणा भएको २० अकौं दिन पनि जारी रहेको छ । चैत ११ गते विहान ६ बजेबाट सुरु भएको लकडाउन आइतबार पनि जारी रहेको हो ।

लकडाउनका कारण राजधानीका सडक सुनसान छन् । विभिन्न ठाउँमा सुरक्षाकर्मीहरुको बाक्लो उपस्थिति रहेको छ । आइतबार पनि विगतदिन जस्तै अत्यावश्यक सेवा र पासबाहक गाडी बाहेक अन्य सवारी सञ्चालनमा आएका छैनन् ।

प्रहरीले लक डाउनका समयमा हिड्नेहरुलाई कारवाही गरिरहेको छ । नेपालमो कोरोना संक्रमणको जोखिम बढेसँगै सरकारले तेस्रो पटक गरेको घोषणा गरी लक डाउन वैशाख ३ गतेसम्म जारी राख्ने बताएको छ । कोरोना भाइरसको संक्रमण जोखिमका कारण सम्पूर्ण शैक्षिक संस्था बन्द गरिएका छन् ।

बैशाख ३ गतेपछि पनि लक डाउन लम्बिन सक्ने संकेत सरकारले गरेको छ । शनिबार सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग भएको भिडियो कन्फ्रेन्समा प्रधानमन्त्री केपी शर्मा ओलीले लक डाउनलाई निरन्तरता दिने र सीमा नाकामा कडाई गरिने बताएका थिए ।

यता प्रदेश–१ को राजधानी विराटनगरसहित पूर्वका सबैजसो क्षेत्र सुनसान भएका छन् । केही दिनयता लकडाउनलाई प्रहरीले कडाइ गरिरहेको छ । लकडाउन उल्लंघन गर्नेलाई प्रहरीले सडकमै उभ्याएर कारबाही गरिरहेको छ ।

विराटनगरमा लकडाउनलाई कडाइ गरेसँगै सडकसमेत सुनसान भएको छ । लक डाउनमा अटेर गरी घर बाहिर निस्कने ३ सय २७ जना सुनसरीबाट पक्राउ परेका छन् । सुनसरी प्रहरीले लकडाउनमा कडाई थालेसँगै घर बाहिर निस्कनेहरु धमाधम पक्राउ पर्न थालेका हुन् । प्रहरीले सदरमुकाम इनरुवाबाट १८ जनालाई पक्राउ गरेको छ । अन्यलाई जिल्लाका विभिन्न बजार क्षेत्रबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

मनिङ वाक निस्कने देखि बजार घुम्न हिंडेका र सागसब्जी तथा औषधी खरीद गर्न भन्दै बजार निस्केकाहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले अत्यावश्क अवस्थामा मात्रै घर बाहिर निस्कन भनेपनि वहानाबाजी गर्ने क्रम बढेकाले चेकजाँच सँगै त्यस्ता व्यक्तिलाई नियन्त्रणमा लिन थालिएको जनाएको छ ।

पक्राउ गरिएकाहरुलाई मातहतका प्रहरी कार्यालयमा राखिएको छ । प्रहरीले पक्राउ परेकाहरुलाई साँझ मात्र छाड्ने गरेको छ । प्रहरीले ७१ वटा सवारीका साधन समेत सुनसरीबाट नियन्त्रणमा लिएको छ ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top