संसदीय विकास कोषको रकम कोरोनाविरुद्धको संघर्षमा खर्चन महतोको माग

३० चैत, काठमाडौँ । राजापा नेपालका अध्यक्ष मण्डल सदस्य राजेन्द्र महतोले संसदीय विकास कोषको रकम कोरोना भाइरस (कोभिड–१९) विरुद्धको संघर्षमा खर्च गर्न माग गरेका छन् ।

Advertisement

महतोले आइतबार विज्ञप्ति जारी गर्दै संघीय र प्रादेशिक संसदीय विकास कोषको बाकककी रकम कोरोनाविरुद्धको संघर्षमा खर्च गर्न तत्काल नियम कानुन संशोधन गर्ने व्यवस्था मिलाउन केन्द्रीय र प्रदेश सरकारलाई आग्रह गरेका छन्।

उनले संसदीय विकास कोषको रकम सम्वन्धित संसदीय क्षेत्रका स्थानीय तह र वडामार्फत सर्वदलीय संयत्र बनाइ बनाएर खर्च गर्ने व्यवस्था मिलाउन भनेका छन्।

Advertisement

महतोले विज्ञप्तिमा आगामी आर्थिक वर्षको संसदीय बजेट स्वास्थ्य, कृषि, उद्योग र बिपत व्यवस्थापनमा सरकारले प्रयोग गर्ने गरि आवस्यक नीति बनाउन विज्ञप्तिमार्फत आग्रह गरेका छन्।

सरकारले प्रतिपक्षी राजनीतिक पार्टीहरुले सहयोग र समर्थन गर्दापनि सरकारले मन्त्री–मन्त्रीबीचमा समन्वयको अभावले कोरोना नियन्त्रण कार्य प्रभावकारी रुपले गर्न नसकेको आरोप महतोले लगाएका छन्।

Advertisement

विपतको बेला सरकारले स्वास्थ्य सामग्री खरिद प्रक्रियामा भएको अनियमितता र भ्रष्टाचारबारे जनतालाई प्रष्ट पार्न नसक्नु, आफैले गरेको निर्णय अनुसार ज्यालादारी मजदुर, गरिबहरुलाई स्थानीय तहमार्फत राहत अहिलेसम्म उपलब्ध गराउन नसक्नु आपत्तिजनक भएको बताएका छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top