कोशी कोभिड १९ उपचार केन्द्रलाई आइसीयु वेड हस्तान्तरण

२९ चैत ७६, आइतबार

३० चैत,विराटनगर ।
प्रदेश १ सरकारले सञ्चालनमा ल्याएको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रलाई राउण्ड टेवलले आईसीयु वेड हस्तान्तरण गरेको छ । विराटनगर राउण्ड टेवल नम्वर ५ र काठमाण्डौं मेट्रो राउण्ड टेवल नम्वर ४ ले संयुक्त रुपमा २ वटा आइसीयु वेड प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई हस्तान्तरण गरिएको छ ।

विराटनगर राउण्ड टेवल नं. ५ का अध्यक्ष अश्विनी वंशलले करिव २ लाख वरावरको दुईवटा वेड मन्त्री घिमिरेलाई हस्तान्तरण गरेका हुन् । वेड ग्रहण गर्दै मन्त्री घिमिरेले विभिन्न अस्पतालबाट वेडहरु ल्याएर सेवा शुरु गरिएपनि अहिले विभिन्न दातृ संस्थाहरुबाट उपचार केन्द्रका लागि सहयोग जुट्दै गएको बताए । अन्य स्वास्थ्य संस्थाहरुबाट ल्याईएका वेडहरु फिर्ता गरिदै लैजाने पनि उनले बताए ।

आईसोलेसन वेड हस्तान्तरण कार्यक्रममा लायन्स क्लव ३२५ ए वानका सेकेण्ड भाईस डिष्ट्रिक गर्भनर रेवतबहादुर कार्की, कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरिटेन्डेन्ट डा. संगीता मिश्रा लगायतको उपस्थित रहेको थियो ।

यस अघि कोभिड १९ उपचार केन्द्रलाई प्रदेश १ का विभिन्न गैरसरकारी संस्थाहरुले १३ लाख बढीको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका थिए । झापा चारपानेको साहारा नेपालले उपचार केन्द्रमा बस्ने स्वास्थ्यकर्मी, कर्मचारी, सुरक्षाकर्मी उपचार गराउन आउन सक्ने बिरामीका लागि भनेर चार लाख रुपैयाँ बराबरको खाद्यान्न उपलब्ध गराएको थियो ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top