वीरगञ्जबाट लम्की पुगेकी एक महिलालाई संक्रमणको आशंकामा धनगढी पठाइयो

१ वैशाख, काठमाडौं । कैलालीको लम्की चुहा नगरपालिका १ मा एक महिलालाई कोरोना भाइरस (कोभिड(१९) संक्रमणको सम्भावना देखिएपछि थप उपचारका लागि धनगढी पठाइएको छ ।

१५ दिनअघि वीरगन्जबाट आएकी ती महिलालाई लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको थियो । र्‍यापिड टेस्टका क्रममा उनको नतिजा नेगेटिभ आएको थियो । तर थप परीक्षणका लागि उनको स्वाब काठमाडौं पठाइएको थियो ।

काठमाडौंमा परीक्षण गर्दा उनको नतिजा पोजेटिभ देखिएको अनौपचारिक जानकारी आएपछि ती महिलालाई सोमबार बिहान धनगढीको सेती प्रादेशिक अस्पताल पठाइएको लम्कीचुहा अस्पतालका प्रमुख डाक्टर प्रकाश तिमिल्सिनाले जानकारी दिए ।

Advertisement

उनीसँगै १७ जनाको स्वाब र रगतको नमूना गत शनिबार काठमाडौं पठाइएको थियो। बाँकीको भने नतिजा नेगेटिभ आएको छ । र्‍यापिड टेस्ट र पिसिआर परीक्षणको लागि धनगढीबाट टोली उनीहरू बसेको क्वारेन्टिनमा पुगेका थिए।

१५ दिनअघि ती महिला १७ जनाको टोलीसहित वीरगन्जबाट आएकी थिइन् । महिला वीरगन्जबाट फर्केको साँझ आफन्तकहाँ बसेकी थिइन् ।
वडाअध्यक्ष बमले नतिजा टुंगो लागेपछि आफन्तलाई पनि क्वारेन्टाइनमा राखिने जनाए । उनले महिलाको आफन्त बारे अनुसन्धान भइरहेको जानकारी दिए ।

Advertisement

यसअघि आइतबार वीरगन्जको मस्जिदमा बसेका तीन जना भारतीयमा कोरोनाको संक्रमण पुष्टि भएको थियो ।
धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा अहिले चार जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top