मुलुकमा कोरोनाको संकट नसकिदांसम्म मेरो पारिश्रमिक राहत कोषमाः प्रधानमन्त्री

१ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा कोरोना भाइरसको संकट नसकिदांसम्म आफ्नो सम्पूर्ण पारिश्रमिक राहत कोषमा जम्मा गर्ने घोषणा गरेका छन् ।

नेपालीहरूको नयाँ वर्ष विसं २०७७ सालको शुभउपलक्ष्यमा जारी गरिएको शुभ(कामना भिडिओमा प्रधानमन्त्री ओलीले यस्तो घोषणा गरेका हुन् ।

’मुलुकको कार्यकारी प्रमुखका हैसियतले कोरोना महामारी समाप्त नभएसम्म मैले आफ्नो पारिश्रमिक कोभिड(१९ प्रधानमन्त्री राहतकोषमा जम्मा गर्ने निर्णय गरेको छु’, सम्बोधनमा पधानमन्त्री ओलीले घोषणा गर्दै भनेका छन्। घोषणाअघि उनले आवश्यक पर्दा हुनेको गाँस काटेर नहुनेलाई बचाउने हाम्रो परम्परा भएको उल्लेख गरेका थिए ।

Advertisement

त्यसैगरी ओलीले आफ्नो सम्बोधनमा कोरोनाका कारण देशको उत्पादन र उत्पादन प्रणालीमा परेको असरलाई सरकारले आफू मताहतका निकायहरूबाट अध्ययन भइरहेको र त्यसको निष्कर्ष आएपछि नीति तथा कार्यक्रममार्फत बजेट मार्फत सार्वजनिक गर्ने बताएका छन् ।

यसैगरी ओलीले यतिखेर सरकारको सारा ध्यान कोरोना भाइरसले निम्त्याएको विपद्सँग लड्नमा रहेको स्पष्ट पारेका छन् ।

Advertisement

यतिबेलाको सर्वोच्च र एकमात्र प्राथमिक्ता नागरिकहरूको स्वास्थ्य सुविधा र सुरक्षा हो। यतिबेलाको सबैभन्दा महत्वपुर्ण विकाश निर्माण कार्य भनेको संक्रमण फैलिन नदिने कुराको सुनिश्चितता गर्ने हो’, सम्बोधनमा उनले भने ’त्यसैले अहिले यतिबेला हामीले आफ्नो ध्यान संक्रमितहरूको पहिचान, परीक्षण अनि उपचारमा केन्द्रित गरेका छौं। जतिबेला हामीले यस महामारीको ग्राफलाई सिधा पार्छौं त्यसपछि हाम्रा आर्थिक गतिविधिलाई तीव्रता दिन लगानी, लगानी अनि फेरी लगानीको नीति अपनाउने छौं।’

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top