Nepal Times
Nepal Times
3
Shares

स्थानीय तहमा नजाने बैंक अब कारवाहीमा

स्थानीय तहमा नजाने बैंक अब कारवाहीमा

काठमाडौं, चैत १४
नेपाल राष्ट्र बैंकले आगामी असार मसान्त भित्रमा बैंकहरुले ३ सय ५९ स्थानीय तहमा शाखा सञ्चालनमा नल्याए कारवाही गर्ने तयारी गरेको छ ।

 

निर्देशन अनुसार वाणिज्य बैंकहरुले बैशाखभित्रमा दुई सय ४३ तहमा शाखा खोलिसक्नु पर्नेछ भने हाल जान समस्या देखाइरहेका एक सय १६ तहमा असारभित्र शाखा सञ्चालनमा ल्याइसक्नु पर्ने छ ।

१ सय १६ तहमा पनि धेरैले जाने प्रतिबद्धता गरिसकेको र केहीमा इच्छुक नदेखिएका बैंकहरुपनि जानै पर्ने राष्ट्र बैंकका प्रवक्ता तथा कार्यकारी निर्देशक नारायण पौडेलले बताए ।

हाल ७ सय ५३ स्थानीय तहमध्ये ३ सय ५९ मा बैंकहरु गएका छैनन् । बैंकहरुले विद्युत्, यातायात र इन्टरनेट सेवा नपुगेको भन्दै ति स्थानीय तहमा जान बैंकहरु जन चाहेका थिएनन् । तोकिएको स्थानमा नजाने बैंकलाई राष्ट्र बैंक ऐन २०५८ अनुसार कारबाही हुने राष्ट्र बैंकले उल्लेख गरेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.