Nepal Times
Nepal Times
3
Shares

मुख्यमन्त्री पोखरेलद्धारा वेबसाइट र मोवाइल एप्स सार्वजनिक

मुख्यमन्त्री पोखरेलद्धारा वेबसाइट र मोवाइल एप्स सार्वजनिक

बुटवल, चैत १४
प्रदेश सरकारमा सुशासन कायम गर्न र काम कारवाहीलाई पारदर्शी तथा उत्तरदायी बनाउने उद्देश्यले प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले वेबसाइट र मोबाइल एप्स सार्बजनिक गरेका छन् ।

बुधबार पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री पोखरेलले आफ्नो वेबसाइट र मोबाइल एप्स सार्वजनिक गरेका हुन् । पत्रकार सम्मेलनमा मुख्यमन्त्री पोखरेलले वेबसाइट र एपले प्रदेशवासी र मुख्यमन्त्रीको बीचमा एउटा गतिशील पुलको काम गर्ने बताए ।

उनले सही र भरपर्दाे प्रयोगले नागरिकले स्वतःस्फुर्त रुपमा विकासका गतिविधिहरुको अनुगमन तथा मुल्याङ्कन गर्न सक्ने बताए ।

वेबसाइट र मोबाइल एप्स मार्फत मुख्यमन्त्रीका सम्पूर्ण गतिविधिहरु तत्काल पाउनुका साथै दोहोरो संवाद गर्नसक्ने व्यवस्था मिलाइएको जनाइएको छ । साथै मुख्यमन्त्रीसँग भेटघाटका लागि अनलाइनबाट समय लिने व्यवस्था समेत मिलाईएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.