विराटनगर, चैत १४
नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले नेपालको संविधानप्रती कुनैपनि विदेशीले टिप्पणी गर्ने अधिकार नभएको बताएका छन् ।
विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरु सँग कुरा गर्दै नेता गच्दारले नेपाली नताले वनाएको सार्वभौम संविधानबारे टिका टिपणीगर्ने अधिकार कुनै विदेशी राष्ट्रलाई नभएको बताएका हुन् ।
उनले युरोपियन युनियनले सार्बजनिक गरेको प्रतिवेदनले सर्वभौम राष्ट्रमाथिको हस्तक्षेप भएको बताए । कांग्रेस संसदीय दलको उपनेता समेत रहेका गच्छदारले नेपालको संविधानले दिएको आरक्षणका विषयमा सही गतल भनेर बोल्ने अधिकार युरेपेली संघलाई नरहेको बताए ।
नेता गच्छदारले वर्तमान सरकारकोे काम कारबाहीका विषयमा पनि टिका टिप्पणी गर्न नहुने बताए । एक सय दिन पुरा नभएको अवस्थामा अहिले नै सरकारको काम कार्वाहीलाई लिएर टिप्पणी गर्न नहुने उनको कथन थियो ।