लकडाउनको अवधि १२ दिन थप, वैशाख १५ गतेसम्म लकडाउन जारी रहने

२ वैशाख, काठमाडौं । सरकारले लकडाउन १२ दिन थप गरेर वैशाख १५ गतेसम्म पुर्‍याउने निर्णय गरेको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड १९ को संक्रमण रोक्नका लागि चैत ११ बाट थालिएको लकडाउन सरकारले तेस्रो पटक बढाउने निर्णय गरेको हो ।

Advertisement

केहीबेरअघि मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको एक मन्त्रीले बताए । एक साताका लागि घोषणा गरिएको लकडाउन संक्रमणहरु भेटिएपछि बढाएर सरकारले संक्रमण देखिदै गएपछि बढाउँदै लगेको हो ।

नेपालमा हालसम्म १६ जनामा संक्रमण देखिएको छ । सरकारले दास्रो पटक घोषणा गरेको लकडाउनको समय सकिन एक दिन अघि नै तेुस्रो पटक पुन अवधि थपेको हो ।

Advertisement

यस्तै, लकडाउनका कारण फँसेका र काम नहुँदा अलपत्र परेकालाई राजधानीबाट आआफ्ना घर जान दिने कि नदिने भन्ने विषयमा पनि मन्त्रिपरिषद्मा छलफल भएको थियो। स्रोतका अनुसार यसरी आवतजावत गर्न दिँदा लकडाउन खुकुलो हुने भएकाले यस्तो कुनै छुट नदिने पनि सरकारले निर्णय गरेको छ ।

आजै छिमेकी मुलुक भारतले लकडाउन १९ दिन बढाउने घोषणा गरेको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top