इन्जिनियरहरुले प्रदेश सरकारलाई दिए कोरोना परीक्षण बुथ

२ बैशाख ७७, मंगलबार
Share this
747shares

२ वैशाख,विराटनगर।
कोरोना परीक्षणका लागि बुथ निर्माण गरी प्रोग्रेसिभ इन्जिनियरिङ एसोसिएसन नेपाल (पिन), प्रदेश समितिले प्रदेश १ सरकारलाई हस्तान्तरण गरेको छ । १ लाख १ हजार ७५ रुपैयाँको लगानीमा कोशी अस्पताल विराटनगरमा निर्माण गरिएको बुथ सामाजिक विकास मन्त्री जिवन घिमिरेलाई हस्तान्तरण गरिएको हो ।

Advertisement

मन्त्री घिमिरेले कोरोनाबाट जुध्नका लागि विभिन्न उपायहरु अवलम्वन गर्ने क्रममा इन्जिनियरले निर्माण गरेको वुथ एउटा त्यसको उदाहरण भएको वताए। बुथको कोशी अस्पतालबाट एक विज्ञ टिम तयार गरि अध्ययन गरिएको उनले बताए। प्रोग्रेसिभ इन्जिनियरिङ एसोसिएसन नेपाल पिनका प्रदेश अध्यक्ष दिपक पौडेलले मन्त्री घिमिरेलाई बुथको चावी हस्तान्तरण गरेका थिए।

चार फिट चौडाई र ८ फिट उचाईको प्रविधियुक्त बुथ प्रदेश १ कै उत्कृष्ट र प्रभावकारी रहेको पिन प्रदेश अध्यक्ष पौडेलको दाबी छ । सो बुथमा कोरोना भाईरसकाका शंकास्पद व्यक्तिको स्वाव संकलन गरिनेछ । बुथमा हाइब्रिड पावर प्रणाली, पूर्ण एयर टाइट र कीटाणुरहित भेन्टिलेसनलगायतको विशेषता रहेको छ ।

Advertisement

इन्जिनियर पवन झा, इन्जिनियर बिभास मिश्रा, इन्जिनियर बिक्रम केसी र इन्जिनियर सम्पूर्ण आचार्यले बुथ निर्माण गरेका हुन् । सामाजिक विकास मन्त्री घिमिरेले बुथको चावी कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरिटेण्डेन्ट डा. संगीता मिश्रालाई हस्तान्तरण गरे। कोशी अस्पतालमा गत शुक्रबार देखि कोरोनाका शंकास्पद व्यक्तिको नमूना संकलन शुरु भएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top