×

NEPAL TIMES UPDATES

Playing
आफ्नै सेभेन सिष्टर्सका कारण तनावमा भारत, पश्चिम बंगाललाई शसक्त पार्दै|| Nepal Times
May 23, 2026
Playing
ओलीविरुद्ध एमालेभित्र खुला विद्रोह|| Nepal Times
May 23, 2026
Playing
निर्वाचन प्रणाली सुधारमा सहमति बढ्दै, संविधानका आधारभूत सिद्धान्त नचलाउने अडान|| Nepal Times
May 23, 2026
Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026
Playing
रास्वपाका माननीयहरुले रविलाई मन फुकाएर सुनाए|| Nepal Times
May 22, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-08-2083 || Nepal Times
May 22, 2026
Playing
भारतीय ‘कक्रोज‘ले किन भने नेपाल र बंगलादेशसँग तुलना नगर्नु ?|| Nepal Times
May 22, 2026
Playing
पिता बिना ट्रम्प जुनियरको विवाह,ट्रम्पको परिवारमा को–को छन् ?|| Nepal Times
May 22, 2026
Playing
सांसद्हरुले प्रधानमन्त्री र मन्त्रीको पोल सुनाएपछि रविले के भने ?|| Nepal Times
May 22, 2026

दिनभरका प्रमुख खबर

२ बैशाख २०७७
Pic: Niraj Bajracharya

आजका प्रमुख खबरहरुः

१.(थपिए २ पुग्यो १६)
नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १६ पुग्यो/सनसिटी अपार्टमेन्टमा बस्दै आएका दुई जनामा कोरोना पोजेटिभ/एक जनाको रिपोर्ट आउन बाँकी/उपचाररत संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य ।

Advertisement
Advertisement

२.(कहरका डाटा)
पछिल्लो २४ घण्टामा २ हजार ४ सय ८४ वटा नमुना परीक्षण /५ हजार ७ सय ७१ जना क्वारेन्टाइनमा रहदा ९९ जना आइसोलेसनमा /देशभरी नै किट वितरण गरिएपनि अझै २१ जिल्लामा परीक्षण हुन बाँकी ।

३.(१५ गतेसम्म लकडाउन)
लकडाउनको अवधि १२ दिन थप गरेर वैशाख १५ गतेसम्म पुर्याउने सरकारको निर्णय / लकडाउनका कारण फँसेका र काम नहुँदा अलपत्र परेकालाई आवतजावत गर्न दिँदा लकडाउन खुकुलो हुने भएकाले कुनै छुट नदिइने ।

४.(जोखिम बढाउँदै नाका)
लकडाउन १२ दिन थप्ने निर्णय गरेसँगै छिमेकी भारतसँगको सीमामा आवतजावत अनिश्चितकालका लागि बन्द / लकडाउनको समयमा नै संक्रमितहरु भारतबाट नेपाल प्रवेश गरेको खुलासा भएपछि सरकारले सीमामा थप कडाइ गर्ने ।

५.(संवेदनशील सनसिटी)
पेप्सीकोला अपार्टमेन्टका संक्रमितको घरमा काम गर्ने दुई जना र सनसिटीका करिव ५ सय परिवारको पनि स्वाव परीक्षण गरिँदै /संक्रमितसँग सम्पर्कमा आएका सबैको खोजी जारी /सनसिटी आसपासको क्षेत्रमा पसल सञ्चालनमा कडाई ।

६.(गम्भिर लापरवाही)
रौतहटको ईशनाथ नगरपालिकाको संक्रमित फेला परेको क्वारेन्टाइनबाट स्वाब परीक्षण नै नगरी ११ जनालाई घर पठाइएको खुलासा /भारतबाट आएका र क्वारेन्टाईन बसेर घर फर्काइएका ११ जनाको पुन परिक्षण गरिने।

७.(किन रोकियो ?)
काठमाडौं उपत्यकालगायत अन्य शहरबाट आफ्नो घर जान चाहनेलाई रोक लगाउनुको कारण १५ दिन भित्र पेश गर्न सरकारलाई सर्वोच्चको आदेश /घर जान चाहनेलाई अनुमति दिने वा नदिने भन्नेबारे तीन दिनपछि पुनः बहस हुने ।

८.(सरकारलाई सुझाव)
सांसद विकास कोषको रकम कोरोना कोषमा राख्ने किन नराख्ने भन्ने विषयमा प्रतिनिधिसभा कार्यव्यवस्था बैठकमा सामान्य छलफल /नीति कार्यान्वयनका लागि सांसदहरुले समन्वय गरेर आवश्यक परामर्श दिन सक्ने संयन्त्र बनाउन सरकारलाई आग्रह ।

९.(मोबाईल लुकाईयो कि?)
नारायणी अस्पतालको आइसोलेसनमा रहेका कोरोना संक्रमित तीन भारतीय नागरिकले मोबाइल नम्बर उपलब्ध नगराएपछि ‘कन्टयाक्ट ट्रेसिङ’ गर्न समस्या /संक्रमितले मोबाइल नै प्रयोग नगर्ने बताएपछि ट्राभल हिस्ट्री यकिन गर्न समस्या ।

१०.(विपत्तको सेवा)
नेपाल एयरलाइन्सको न्यारोबडी विमान ३४ जना ब्राजिलियन लिएर नयाँ दिल्ली उड्यो /नेपालस्थित ब्रजिलियन दूतावासद्वारा चार्टर्ड विमान नागरिकलाई दिल्ली र्पुयाएर काठमाडौं फिर्ता ।

११.(अनुशन्धानको समय थप)
कालोबजारी आरोपमा पक्राउ परेका जगदम्बा समूहका सुलभ अग्रवालमाथि थप अनुसन्धानका लागि पुनः म्याद थप/ ज्वरो नाप्ने थर्मल गन कालोबजारी आरोपमा हिरासतमा रहेका अग्रवाललाई ५ दिन राखेर अनुसन्धान गर्न प्रशासनको अनुमति ।

१२.(कैलालीमा कुकर्म)
कैलालीमा १७ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा चार जना पक्राउ / ४ जनाले धारिलो हतियार देखाई किशोरीसँगै आएका अन्य तीन जनालाई कुटपिट गरेको र किशोरीलाई तीन सय मिटर घिसारेर लगी बलात्कार गरेको प्रहरीको भनाई ।

१३.(खुकुलो बन्दै युएई)
यूएईले देश भित्रै भएपनि या बाहिर भएपनि १ मार्चपछि भिसा म्याद सकिएकालाई २०२० भरी नै मान्यता दिने / मार्च एक भन्दा अघि नै भिसा र आइडीको म्याद सकिएको भएमा भने यो नियम लागू नहुने ।

१४.(ऋणको भाका बढ्यो)
कोरोना भाइरसको अति जोखिममा रहेका नेपालसहित २५ मुलुकले भुक्तानी गर्नु पर्ने करिब ५० करोड अमेरिकी डलर बराबरको ऋणको समयावधि बढाउने अन्तर्राष्ट्रिय मुद्रा कोषको निर्णय / भुक्तानीका लागि ६ महिनाको समय थप ।

Advertisement
Advertisement

र,
१५.(भाइरसको भय)
भारतमा बैशाख २१ गतेसम्म लकडाउन जारी रहने / विश्वभर कोरोनाको संक्रमणका कारण एक लाख २० हजार बढीको मृत्यु /१९ लाख ३७ हजार संक्रमित /४ लाख ५९ हजार निको भएर घर फर्किए ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top