आन्तरिक उडान पनि वैशाख १८ सम्म बन्द गर्ने सरकारको निर्णय

२ बैशाख, काठमाडौँ ।
चैत १३ देखि रोकिएको आन्तरिक उडान बन्द गर्ने समय वैशाख १८ सम्म लम्ब्याईएको छ । मंगलबारको मन्त्रिपरिषद् बैठकले वैशाख १८ सम्मै आन्तरिक व्यावसायिक उडान पनि बन्द गर्ने निर्णय गरेको हो । सरकारले अन्तर्राष्ट्रिय उडान वैशाख १८ सम्म रोक्ने निर्णय गरेको थियो ।

सरकारले गरेको यो निर्णय नागरिक उड्डयन प्राधिकरणमार्फत आन्तरिक वायुसेवा सञ्चालकलाई पत्रमार्फत गराइने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन सचिव केदारबहादुर अधिकारीले बताए । बिरामी तथा पर्यटक उद्धार लगायतका मानवीय सहायताका चार्टर उडानलाई भने रोक लगाइएको छैन ।

सरकारले चैत ९ गते रातिदेखि अन्तर्राष्ट्रिय उडान रोकेको थियो भने चैत १३ देखि आन्तरिक उडान रोकेको थियो । नेपालमा हाल सञ्चालनमा २१ वटा (रोटर र फिक्सडविङ) घरेलु वायुसेवा कम्पनी छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top