१ नं. प्रदेश संसदमा आर्थिक कार्य्बिधि विधेयक पेश

१३ चैत ७४, बुधबार

विराटनगर, चैत १४
प्रदेश नं. १ को सरकारले पहिलो कानुन निर्माण गर्न आर्थिक कार्य्बिधि बिधेयक संसदमा पेश गरेको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले बुधबार बसेको प्रदेश संसद बैठकमा बिधेयक पेश गरेका हुन् ।

प्रदेश सरकार अन्र्तगतका सरकारी कोषको परिचलन, राजस्व संकलन, कोषको नियगमन तथा नियन्त्रणको लागि आवश्यक पर्ने विधेयक संसदमा पेश भएको हो । यसअघि प्रदेश संसदले प्रदेशसभा सञ्चालन नियमावली पारित गरेको थियो । त्यसबाहेक सरकारले अन्य कुनैपनि कानुनको मस्यौदा संसदमा पेश गरेको छैन ।

आर्थिक कार्य्बिधि विधेयक संसदमा पेश भएपछि बुधबार नै सामान्य सैद्धान्तिक छलफल भएको छ । छलफलमा बोल्दै सांसदहरु ज्ञानेश्वर राजवंशी, अम्बिका थापा, लिलाबल्लभ अधिकारीले केही प्राविधिक त्रुटी देखिएको भएपनि सैद्धान्तिक हिसावले विधेयक सकारात्मक रहेको बताएका थिए । सांसदहरु शिवनारायण गनगाईं, नवोदिता चौधरी र मोहनकुमार खड्काले भने केही विषयमा टिप्पणीसमेत गरेका थिए ।

Advertisement

सांसद गनगाईंले विधेयकको दफाबार छलफलपछि मात्रै पारित गर्न सकिने बताए । यस्तै सांसद नवोदिता चौधरीले धारा ४८ को दफा ४ मा उल्लेखित ऐन बमोजिम हिसाव बुझबुझारत नगर्ने अधिकृतलाई ५ सय रुपैयाँ मात्र जरिवाना गर्ने विषयले भ्रष्टाचारलाई प्रश्रय दिनसक्ने बताईन् । यस्तै सांसद मोहनकुमार खड्काले विधेयकको परिच्छेद ५ को दफा ६ मा उल्लेखित श्रेष्ता कायम गर्ने समय १ महिना दिने उल्लेख भएकोमा त्यसलाई घटाउनुपर्ने बताए ।

संसदमा सांसदहरुले उठाएका विभिन्न प्रश्नको जवाफ दिँदै मन्त्री आङ्बोले प्राविधिक विषयको हल गरिने आश्वासन दिए । बिधेयक संसदबाट पारित भएपछि प्रदेश सरकारलाई बजेट निर्माण गर्न र खर्च गर्ने बाटो खुल्नेछ । ११ परिच्छेद र ६३ दफा रहेको बिधेयक २५ पृष्ठमा समेटिएको छ ।

Advertisement

बिधेयकमा प्रदेश कोषको सञ्चालन, राजश्व र व्ययको अनुमान, बजेट निकासा र रकमान्तर, कारोबारको लेखाको व्यवस्था, आन्तरिक नियन्त्रण र लेखापरीक्षण, वित्तीय जिम्मेवारी जवाफदेहिता, सरकारी सम्पत्तीको संरक्षण, सरकारी बाँकी असुलउपर, भ्रमण खर्च सम्बन्धि व्यवस्था र बिबिधमा विभिन्न विषय राखिएको छ ।

बिधेयक पास भएपछि प्रदेशको कोष नियन्त्रणको लागि प्रदेश लेखा नियन्त्रकको कार्यालय रहनेछ । यस्तै प्रत्येक असार महिनाको १ गते प्रदेश सरकारको आगामी आर्थिक बर्षको राजस्व र व्ययको अनुमान प्रदेशसभामा पेश गर्नुपर्ने व्यवस्था छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

आश्चर्यमय पुनरागमन जितका साथ बेल्जियम अन्तिम १६ मा

79556cb8-5d49-4c40-862a-abeb585f1087

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

सम्बन्धित समाचार

Scroll to Top