आफ्ना दुई जना नागरिक लिएर फर्कियो भुटानको जहाज

६ बैशाख, काठमाडौँ ।
भुटानको सरकारी ध्वजाबहाक वायुसेवा ड्र्यक एयरले लकडाउनका कारण नेपालमा अलपत्र परेका आफ्ना दुई जना नागरिकलाई उद्धार गरेको छ । शनिबार बिहान ७ः५३ बजे रित्तै काठमाडौंमा अवतरण गरेको ड्र्यक एयरको ब्रान्ड–न्यू एटीआर–४२–६०० जहाजले भुटानी नागरिक (एकजना पाइलट र एकजना अभिनेत्री) लाई लिएर फर्केको हो ।

जहाज काठमाडौंमा अलपत्र परेर स्वदेश फर्किन अपिल गर्ने पाइलट सोनाम तोब्गे र अभिनेत्री उगेन छोदेनलाई ९ बजे लिएर फर्केको थियो।काठमाडौँको तिब्बत गेष्ट हाउसमा २८ दिनदेखि बसेको तर नेपालमा कोरोना भाइरसका विरामी बढ्न थालेपछि सार्क अफिसमार्फत् परराष्ट्र मन्त्रालयलाई उद्धारका लागि अपिल गरेको अभिनेत्री उगेनले बताइन् । काठमाडौंमा भुटानको दुताबास नभएकाले उनले सार्कमार्फत् आफ्नो सरकारसँग इमेलबाट पत्राचार गरेको बताइन्। उनी नेपाली चलचित्र ‘२ नम्बरी’को छायांकनका लागि नेपाल आएकी थिइन् । अभिनेत्री उगेनले अब २१ दिनको क्वारेन्टाइन बसाईपछि मात्रै आफ्नो घर जाने बताइन्।

Advertisement

काठमाडौंमा अरु भुटानी नागरिकको पनि खोजी भएपनि फर्किने २ जना मात्रै भएका थिए । उनीसँगै १ घन्टा १५ मिनेटको उडानमा फर्किएका अर्का पाइलट सोनाम काठमाडौंमा रहेको निजी वायुसेवा कम्पनी हिमालय एयरलायन्समा आबद्ध भुटानी नागरिक हुन्। चार्टर उडान खर्च भने यी दुवैले मिलेर जुटाएको उनले बताइन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top