×

NEPAL TIMES UPDATES

Playing
अमेरिकाले जफत गरेको इरानी जहाज पाकिस्तानलाई हस्तान्तरण|| Nepal Times
May 04, 2026
Playing
के America र Iranबीच यु द्धविराम अन्त्य भएको हो ? || Nepal Times
May 04, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-21-2083 || Nepal Times|| Nepal Times
May 04, 2026
Playing
नेपालमा घण्टी बज्यो, तमिलनाडुमा सिठ्ठी|| Nepal Times
May 04, 2026
Playing
हिजबुल्लाहले पायो रुसी हति यार, Israelले रोक्न नसक्ने, फेरि खत रनाक खेल || Nepal Times
May 04, 2026
Playing
घरमा छापा मारेपछि आत्तिएका मुख्यमन्त्री बानियाँ के भन्दैछन् ?|| Nepal Times
May 04, 2026
Playing
युरोपेली गुप्तचरको निष्कर्ष– पुटिनको ह त्या हुन सक्छ|| Nepal Times
May 04, 2026
Playing
आज कोशीसम्मै वर्षा, हुरीबतास र चट्याङबाट बच्नु, बीपी राजमार्ग बन्द|| Nepal Times
May 04, 2026
Playing
Cambodia मा कठोर कानुन लागूः ५ लाख डलर जरिबाना र आ जीवन कैद || Nepal Times
May 04, 2026
Playing
बालेन सरकारले भारतसँग मल किन्ने, तर भारतले नै थापेको छ अड्को|| Nepal Times
May 04, 2026

लकडाउनमा पनि उस्तै छ ‘प्रभाकर’को प्रभाव : ‘काम गर्न सत्ता चाहिँदैन’

६ बैशाख २०७७

६ बैशाख, काठमाडौँ ।

 सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अधिकांश नेता तथा कार्यकर्ता लकडाउनका कारण परिचालित नभएको अवस्थामा एकजना यस्ता नेता छन्, जो जनतासँग जोडिएर श्रम सहकारीमार्फत काम गरिरहेका छन् । कोरोनाको सङ्क्रमण फैलने त्रासका बीचमा अधिकांश राजनीतिक नेतृत्व चुपचाप ‘होम क्वारेन्टाइन’मा बसिरहेको बेला रुकुमका यी सांसद यतिबेला स्थानीय तहहरुमा पुगेर श्रम अभियान चलाइरहेका छन् । देशभित्रै केही गर्न सकिन्छ र सङ्कटमा समेत आम जनताको पक्षमा काम गर्न सकिन्छ भन्ने तथ्य स्थापित गरिरहेका छन् । धेरैले खरो र आफूलाई मनमा लागेको कुरा स्प्रष्ट बताउने नेताको छवि भएका नेकपा स्थायी समिति सदस्य जनार्दन शर्मा यतिबेला पश्चिम रुकुमको बस्तीबस्तीमा आइसोलेशन कक्ष बनाउन लागि परेका छन् ।

Advertisement
Advertisement

नेता शर्माको नाम लिने बित्तिकै धेरैले उज्यालो नेपालको अभियन्ताका रुपमा चिन्छन् । विद्युत् भार कटौतीले जर्जर बनाएको नेपाललाई उज्यालोको यात्रामा लैजाने जश इतिहासले शर्मालाई दिएको छ । कहिल्यै चुप लागेर नबस्ने, सधै जनतामा समर्पित हुने र जनतासँग जोडिने उनको विशेष स्वभाव छ । कार्यकर्ता परिचालनमा त उनी जनयुद्धमै पाराङ्गत थिए । प्रभाकरका नाममा उनले धेरै इतिहास स्थापित गरिसकेका थिए । त्यसो त तत्कालिन शान्ति तथा पुनःनिर्माण मन्त्रालयको जिम्मेवारी सम्हाल्दा होस् या गृहमन्त्री हुँदा होस् उनी आफ्नो जिम्मेवारीमा खरो उत्रिएका थिए । आजकल जनताको नेतृत्वमा स्थानीय कार्यकर्ता परिचालन गरेर उनले पश्चिम रुकुममा गरिरहेको काम आम नेपालीका लागि समेत उदाहरण बन्न सक्छ ।

उनी जनतासँग जोडिन लाज मान्दैनन् । दिएको जिम्मेवारी सधै फत्ते गर्ने स्वभावका छन् । जनताको विश्वास सधैँ जितेका छन् । जनतासँग रमाउने खुवीका कारण पनि उनी लकडाउनको समयमा मर्कामा परेका धेरै रुकुमेलीको उद्धार गरेर आ–आफ्ना घरसमेत पुर्याइदिएका छन् । रासससँग कुराकानी गरिरहँदा समेत उनलाई उद्धार गरिदिनुप¥यो, ‘हामी त समस्यामा प¥यौं भनेर फोन आइरहेको थियो ।’ धेरैजसो राजनीतिक नेतृत्व जनताबाट कटिरहेको बेला शर्माले देखाएको महानता नेकपाका अन्य नेताले पनि अनुशरण गर्नुपर्ने देखिन्छ । शर्मा भन्छन्, ‘सामान्य समयमा त नागरिकले आफै दुःख जिलो गरिहाल्छन्, समस्या परेका बेला हामीले उहाँहरुलाई आँट भरोसा दिने हो ।’

लकडाउन भनेर चुप लागेर बसेका छैननु शर्मा । विगत दुई वर्षदेखि नेता शर्माले आफ्नो जिल्लामा विकास निर्माणको काम गर्न श्रम सहकारी बनाएका छन् । त्यसलाई प्रत्यक्ष रुपमा नेतृत्व गरेका छन् । त्यसको संयोजन स्थानीय सरकारले गर्छ । उपभोक्ता समितिबाट काम गर्दा चौतर्फी विवाद आएको र चरम भ्रष्टाचार भएको पाइएपछि राजनीतिक नेतृत्व, स्थानीय जनता सबै मिलेर समूहमा काम गर्ने उनको प्रयासले सार्थकता पाउँदै गएको छ । सबै निकायमा श्रम सहकारीमार्फत काम गर्नुपर्छ भन्ने अवधारणामा १०÷१० कोठाको आइसोलेशन भवन बनिरहेको छ । चौरजहारीको आइसोलेशन भवन निर्माण सकिएको छ । आगामी सोमबारदेखि सञ्चालनमा ल्याउने तयारी छ ।

नेता शर्मा भन्छन्, ‘हामी पनि सक्छौं र सक्नुपर्छ ।’ कोरोना महामारीको नियन्त्रणको लागि चौरजहारी नगरपालिकामा सबै सुविधा सहितको ‘प्रिफ्याब’ आइसोलेसन भवन १० दिनमा निर्माण सकिएको छ । उनको स्पष्ट दृष्टिकोण छ, ‘जनता नै शक्तिका श्रोत हुन् । सबै कुरा जनताबाट सिकौं ।’ कोरोना महामारी रोक्न जिल्लामा भौतिक पूर्वाधार थिएन । विशेष गरी नयाँ पालिकाका सुविधा थिएन । त्यसैलाई परिपूर्ति गर्न श्रम सहकारीले काम गरिरहेको उनले जानकारी दिए ।

नेता शर्माको पहलमा नै रुकुमको चौरजहारी, मुसीकोट र आठबिसकोटमा १०÷१० बेडको ‘अट्याच बाथरुम’ सहितको भवन बनिरहेको छ । त्योमध्ये चौरजहारीको काम सकिएको हो । अन्य दुई स्थानको काम पनि एक सातामा सकिन्छ । द्रुत गतिमा ढलान गरेर नै काम भएको छ । मुसीकोट र चौरजारीमा ‘प्रिफ्याब’को भवन बन्दैछ । उनले भने, ‘मुख्य कुरा योजना भिजन चाहियो, नेतृत्व र जनताबीचको समुधुर सम्बन्ध पनि हुनुप¥यो । सोही परिणाम स्वरुप काम भइरहेको छ ।’

पछिल्लो कामले जनतामा समेत एक प्रकारको विश्वास पैदा भएको छ । विचार र संगठनमा रहेका जनतालाई परिचालन गर्दा कसरी सजिलै यस्ता काम गर्न सकिन्छ भन्ने आफ्नो बुझाई साकार भएको नेता शर्मा सगौरव बताउँछन् । उनलाई यस्तो सोंच अहिले पलाएको होइन । ‘गोरखा भूकम्प’ को समयमा नै पलाएको हो । तर, नेता शर्माको सोंचलाई त न सरकारले, न त पार्टीले नै सुन्यो । उनले पाँच लाख स्वयम्सेवक परिचालन गरेर पुनः निर्माण गरौं भनेर संसद्को रोष्ट्रममा उभिएर होस् वा पार्टीका बैठकमा समेत आफ्नो भनाइ दर्ज गरेका थिए । ‘जनपरिचालनद्धारा एक वर्षमा सबै पुनःनिर्माण सकौं । पाँच लाख स्वयमसेवक तयार पारौं र लागौं भनेका थिए । पार्टीले पनि त्यसमा सहयोग गरोस् भनेको थिएँ’, उनले ती दिन स्मरण गर्दै भने, ‘मैले संसद्बाट भनेको थिए, मेरो कुरा सुनिदिने कोही भएन, दुईवटा बजेट त्यसमा समेत ती विषय अटाएन ।’

नयाँ संविधानपछि भएको निर्वाचनमा नेकपाले दुई तिहाई जनमत ल्यायो । दुई वटा बजेट पनि बने । आफूले दिएको सुझाव कहीँ कतै पनि नसमेटिएकोमा गुनासो गर्छन् नेता शर्मा । ‘विकास निर्माण पूरानो तरिकाले हुँदैन, नयाँ तरिकाबाट जनपरिचालनमार्फत गर्नुपर्छ भन्ने मेरो सोंच जीवित छ, सोहीअनुसार काम गरिरहेको छु’, उनले भने, ‘जनपरिचालन नै विकास निर्माणका लागि आवश्यक छ । विशेष गरी युवा परिचालनबाट नै गर्नुपर्छ ।’

तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको पार्टी एकताका एक सूत्रधार नेता शर्मा पार्टी एकताको सन्दर्भमा पनि हालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत जनपरिचालनबाट विकास निर्माण गर्न सकिने विषयमा लामो समय कुराकानी गरेको स्मरण गर्छन् । ‘मेरो लामो कुराकनी भएको थियो, युवाको परिचालन र जनपरिचालनबाटै विकास निर्माण गर्नुपर्छ भन्ने कुरा भएको थियो । कामलाई तिव्रता दिन सकिन्छ भन्नेमा उहाँ (प्रधानमन्त्री ओली) पनि सकारात्मक हुनुहुन्थ्यो, तर सरकारको नीति तथा कार्यक्रमममा त्यो कुरा सम्बोधन गरिएन’, उनले भने, ‘राष्ट्रिय रुपमा आफूले भने अनुसार काम नभएपनि जिल्लामा त्यसलाई निरन्तरता दिएको छु ।’

निर्माण भएका आइसोलेशन भवनका लागि अत्यावश्यक सामान लिन काठमाडौँ आएको मौकामा शर्मासँग संवाद भएको हो । ‘अहिले सामानको जोहो गर्न आएको छु । उतै जान्छु र जनतासँग नै जोडिएर काम गर्छु’, नेता शर्माले भने, ‘जनताले चाह्यो र त्यसलाई स्पष्ट दृष्टिकोणसहित नेतृत्व गर्न सकियो भने जस्तोसुकै काम पनि गर्न सकिन्छ भन्ने विश्वास पैदा भएको छ ।’ स्थानीय आठबिसकोट र मुसीकोटमा काम शुरु भएको छ । एक हप्तामा त्यहाँ पनि आइसोलेशन कक्ष तयार हुन्छ । जनपरिचालनबाटै ४० बेडको आइसोलेशन कक्ष तयार भइरहेको छ । लकडाउनको समयमा निर्माण सामग्रीको जोहो कसरी गर्नुभयो त भन्ने प्रश्नमा नेता शर्माले भने, ‘इँटा हामीले दाङबट लगेका छौं । अन्य सामग्री पास उपलब्ध गराएर लगिएको छ । सिमेन्ट तथा ‘प्रिफ्याब’ पनि त्यसैगरी लगिएको छ ।’

देशभर रहेका रुकुमका जनताले आफूलाई उद्धारका लागि अनुरोध गरेको जानकारी दिँदै उनले हालसम्म ९० समूह आ–आफ्नो घर पुगीसकेको जानकारी दिए । अझै ६० समूह मेरो सम्पर्कमा आएका छन्, उनीहरुलाई पनि प्रक्रिया मिलाएर लान सकिन्छ कि भनेर लागेको उनले जानकारी दिए । लकडाउनका कारण भोकभोकै बस्न परेका र लामो यात्रा गरिरहेका नागरिकलाई सहजरुपमा व्यवस्थापन गर्नेतर्फ आफूले प्रधानमन्त्री र गृहमन्त्रीसँग पनि पटकपटक सम्वाद गरेको उनको भनाइ छ ।

केही दिन पहिले दुई दिन घर जान दिने भनेर आएको हल्लाका कारण पनि केही नागरिक थप समस्यामा परेको उनलाई लागेको छ । ‘निर्णय भएको भए हो भनिदिनु पर्दथ्यो, नभएको भए किन हल्ला गर्नु पर्दथ्यो ? निर्णयमा अस्पष्टता हुँदा केही नागरिकले थप समस्या भोग्नु पर्यो’ उनले भने । देशभरकै ७५३ पालिकामा एकाध दिनमा नै श्रम परिचालन गरेर आइसोलेशन कक्ष बनाउन सकिने उनको विश्वास छ । त्यसो गरिए सात हजार ५०० आइसोलेशन कक्ष तत्कालै तयार हुन्छ ।

उनले अस्पताल सडक भवन, जलविद्युत् आयोजना र कृषि क्षेत्रमा समेत जनपरिचालनमार्फत नै काम गर्न सकिने उल्लेख गरे । जनतालाई परिचालन गर्दा विकास बजेट खर्च भएन भन्नुपर्ने अवस्थासमेत नरहने उनको विश्वास छ । आयोजनाको म्याद थप्दै जाने र निर्माण व्यवसायी मोटाउँदै जाने, विकास निर्माण सुस्त नहुने उनको विश्वास छ । श्रम सहकारी तथा जनपरिचालनबाट तोकिएको समयभन्दा कममा आयोजनाको काम सकिने र समग्र राष्ट्र निर्माणको कामले समेत गति लिने उनको दृढ विश्वास छ ।

सरकारले चैत ११ गतेदेखि लकडाउन गर्ने घोषणा गर्यो । त्यसको प्रत्यक्ष प्रभाव दैनिक ज्यालादारी गर्नेहरु बढी परेको छ । उनीहरुलाई गन्तव्यमा पु¥याउन उपलब्ध गराएको सहयोगले धेरैले उनलाई सम्मान गरेका छन् । कर्णालीका सुर्खेत, जुम्ला र रुकुमको चौरजहारीमा उद्योगी व्यवसायीको सहयोगबाट उनले मेडिकल सामग्री पुर्‍याएका छन् । उनले त्यत्तिमात्रै गरेनन् कर्णाली प्रदेशको प्रमुख नेतृत्वको हैसियतले श्रव्य दृश्य बैठक समेत गरेर राहत तथा अन्य अत्यावश्यक सामग्री उपलब्ध गराउनसमेत नेतृत्वदायी भूमिका खेलेका छन् ।

ऊर्जा मन्त्रालयको जिम्मेवारीमा रहँदा ‘प्रभाकर’ले पार्टीभित्र मात्रै नभई आम जनतामा गहिरो प्रभाव पारेका थिए । एक क्षमतावान नेताका रुपमा स्थापित भएका थिए । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई ल्याउन र योजना बनाएर कार्यान्वयनमा लगाउन उनले दिएको निर्देशनको परिणाम आज प्राधिकरण सबल र सक्षम संस्थाका रुपमा स्थापित भएको छ । त्यसो त तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गराउन उनले खेलेको भूमिका पनि नेकपाका नेता तथा कार्यकर्ता माझ स्थापित छ । उनले कुराकानीको अन्त्यमा भने, ‘काम गर्न सत्ता र सरकार चाहिँदैन ।’

Advertisement

–रमेश लम्साल/ रासस

भर्खरको समाचार

पुटिनको ज्यान जोखिममा, सुरक्षा बढाइयो

Vladimir-Putin

मलको हाहाकार र युद्धको बाछिटाः बालेनले किसानलाई मल देलान् ?

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

राजा महेन्द्रको मौनताले गुमेको थियो लिपुलेक र कालापानी ?

mahendra-bir-bikram-shah-dev-59d8aa66ea8d42.19514437_MYCML1jMkd

रास्वपाबाट पालिकाको उम्मेदवार बन्न पनि चुनाव जित्नु पर्ने

balen rabi rasopa team

अमेरिकी एफ–३५ लडाकु विमान खसाल्ने चिनियाँ ‘ट्युटोरियल’ भाइरल

Screenshot 2026-05-04 132111

होर्मुजमा ट्रम्पले घोषणा गरेको प्रोजेक्ट फ्रिडम के हो ?

HORMUZ

बालेन सरकार र शीतल निवासबीचको सम्बन्धमा दरार ? यस्ता छन् ३ विकल्प

42412c11-68f9-4814-ade7-2710d505dd4c

लिपुलेकबारे नेपालको कडा नोटपछि मध्यरातमा भारतले के दियो जवाफ ?

Screenshot 2026-05-04 102749

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

सम्बन्धित खबरहरु

Scroll to Top