×

NEPAL TIMES UPDATES

Playing
अमेरिकाले जफत गरेको इरानी जहाज पाकिस्तानलाई हस्तान्तरण|| Nepal Times
May 04, 2026
Playing
के America र Iranबीच यु द्धविराम अन्त्य भएको हो ? || Nepal Times
May 04, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-21-2083 || Nepal Times|| Nepal Times
May 04, 2026
Playing
नेपालमा घण्टी बज्यो, तमिलनाडुमा सिठ्ठी|| Nepal Times
May 04, 2026
Playing
हिजबुल्लाहले पायो रुसी हति यार, Israelले रोक्न नसक्ने, फेरि खत रनाक खेल || Nepal Times
May 04, 2026
Playing
घरमा छापा मारेपछि आत्तिएका मुख्यमन्त्री बानियाँ के भन्दैछन् ?|| Nepal Times
May 04, 2026
Playing
युरोपेली गुप्तचरको निष्कर्ष– पुटिनको ह त्या हुन सक्छ|| Nepal Times
May 04, 2026
Playing
आज कोशीसम्मै वर्षा, हुरीबतास र चट्याङबाट बच्नु, बीपी राजमार्ग बन्द|| Nepal Times
May 04, 2026
Playing
Cambodia मा कठोर कानुन लागूः ५ लाख डलर जरिबाना र आ जीवन कैद || Nepal Times
May 04, 2026
Playing
बालेन सरकारले भारतसँग मल किन्ने, तर भारतले नै थापेको छ अड्को|| Nepal Times
May 04, 2026

खेर गयो ६० लाख केजी हरियो चियापत्ती

६ बैशाख २०७७

६ बैशाख, झापा ।

झापामा करीब ६० लाख केजी हरियो चियापत्ति खेर गएको छ । चियाको ‘फस्ट फल्स’ टिप्ने बेलामा कोभिड–१९ को संक्रमण फैलिन नदिन सरकारले लकडान घोषणा गरेपछि यहाँका बगानमा उत्पादित उक्त परिमाणका हरियो चियापत्ति खेर गएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डका चिया अधिकृत इन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

Advertisement
Advertisement

‘चिया टिप्न नपाउँदा पत्ति हुर्किएर गएको छ’, उनले भने, ‘जसका कारण किसानले ठूलो नोक्सान बेहोर्नु परेको छ ।’ साधारणतः प्रतिकेजी रू २० का दरले हिसाब गर्दा पनि किसानले रू १२ करोड बराबरको क्षति भएको उनको भनाइ छ । इलाम, पाँचथर, धनकुटालगायत पहाडी जिल्लामा समेत १० लाख केजी हरियो चियापत्ति नोक्सान भएको चिया अधिकृत अधिकारीले जानकारी दिए । ‘पहाडी जिल्लामा १० दिन अघिदेखि चिया टिप्न थालिएकाले धेरै नोक्सान हुन पाएन’, उनले भने । झापामा १२ हजार हेक्टरमा चिया खेती हुँदै आएको छ ।

साना किसान चिया व्यवसायी संघ झापाका अध्यक्ष पूर्ण कार्कीले अहिले सबैभन्दा धेरै साना चिया किसान मर्कामा परेको बताए । ‘पाकेको बाली भित्र्याउने अवस्था छैन’, उनले भने, ‘त्यसमा अझ ज्यान जोगाउनुपर्ने छ ।’ अहिलेको मुख्य चुनौती कोरोना भाइरस सङ्क्रमण फैलिन नदिनु भएकाले चियाको व्यवस्थापन पछि सरकारले किसानलाई राहत दिनुपर्नेमा जोड दिए ।

पत्ति हुर्किएर खेर जाने अवस्था आए पनि बगानमा काम लगाउन नसकिएको उनको भनाइ छ । ‘काम गर्नेलाई केही भयो भने त्यसको व्यवस्थापन कसरी गर्ने ?’, उनले भने, ‘त्यसैले अहिले के गर्ने, नगर्ने भन्ने विषयमा साना चिया किसान ठूलो समस्यामा छन् ।’ झापामा तीन हजार साना चिया किसानले चिया खेती गर्दै आएका छन् ।

चिया उत्पादक संघका केन्द्रीय सल्लाहकार चण्डी पराजुलीले ‘फस्टफल्ड’ को हरियो चियापत्ति ९० प्रतिशत नोक्सान भइसकेको बताए । ‘राम्रो दाममा बिक्री हुने राम्रो चिया पत्ति लगभग खेर गएको छ’, उनले भने, ‘केही बगानमा चिया काटेर फालिसकिएको छ, केहीमा काटिँँदैछ ।’

जिल्ला प्रशासन कार्यालय झापाको रोहवारमा चिया उत्पादक संघ र चिया मजदुर प्रतिनिधिबीच आइतबारदेखि बगान र कारखाना सञ्चालन गर्ने सहमति भएको छ । कामदारलाई मास्क, हातधन साबुन पानी, सामाजिक दुरी कायम गराएर सुरक्षित तवरबाट काम सुचारु गर्ने सहमति भएको पराजुलीले बताए ।

अखिल नेपाल ट्रेड युनियन महासंघ प्रदेश नम्बर १ का इञ्चार्ज भूपाल सापकोटाले कोरोना भाइरसको संक्रमणबाट बच्न तोकिएका स्वास्थ्य सम्बन्धी मापदण्ड पूरा गर्दै चिया बगान र कारखानाको काम नियमित गर्ने निर्णय भएको बताए ।

बगान तथा प्रशोधन कारखाना सञ्चालनका क्रममा तोकिएको स्वास्थ्यसम्बन्धी मापदण्ड पूरा भए–नभएको विषयमा अनुगमन गर्न नेपाल चिया तथा कफी विकास बोर्डको संयोजकत्वमा अनुगमन समिति समेत गठन गरिएको छ । समितिमा चिया उत्पादक संघ, झापा उद्योग संघ र ट्रेड युनियनका प्रतिनिधि छन् ।

Advertisement

यसअघि स्थानीय प्रशासन चिया उद्योगी, मजदुर संघ–संगठनबीच भएको बैठकमा चिया बगानमा सिँचाइ गर्ने, विषादी छर्किने, नाला सफा गर्ने, ठूलो भएको चिया स्किपिङ गर्ने र कारखाना मर्मत गर्ने काम अघि बढाउने विषयमा सहमति भएको थियो । रासस

भर्खरको समाचार

पुटिनको ज्यान जोखिममा, सुरक्षा बढाइयो

Vladimir-Putin

मलको हाहाकार र युद्धको बाछिटाः बालेनले किसानलाई मल देलान् ?

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

राजा महेन्द्रको मौनताले गुमेको थियो लिपुलेक र कालापानी ?

mahendra-bir-bikram-shah-dev-59d8aa66ea8d42.19514437_MYCML1jMkd

रास्वपाबाट पालिकाको उम्मेदवार बन्न पनि चुनाव जित्नु पर्ने

balen rabi rasopa team

अमेरिकी एफ–३५ लडाकु विमान खसाल्ने चिनियाँ ‘ट्युटोरियल’ भाइरल

Screenshot 2026-05-04 132111

होर्मुजमा ट्रम्पले घोषणा गरेको प्रोजेक्ट फ्रिडम के हो ?

HORMUZ

बालेन सरकार र शीतल निवासबीचको सम्बन्धमा दरार ? यस्ता छन् ३ विकल्प

42412c11-68f9-4814-ade7-2710d505dd4c

लिपुलेकबारे नेपालको कडा नोटपछि मध्यरातमा भारतले के दियो जवाफ ?

Screenshot 2026-05-04 102749

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

सम्बन्धित खबरहरु

Scroll to Top