प्रधानमन्त्रीको भारत भ्रमण: फकाउने रणनीतिमा नयाँदिल्ली

१४ चैत ७४, बिहीबार

भ्रमणका एजेन्डा र कार्यसूचीलाई अन्तिम रूप दिन दूतावासका अधिकारीहरू र भारतीय विदेश मन्त्रालयको नेपाल डेस्कका कूटनीतिज्ञबीच दिनहुँजसो भेटवार्ता जारी छ । आजको कान्तिपुरको पृष्ठ ३ मा यो समाचार छापिएको छ ।

विशेष गरी नौमहिने नाकाबन्दी, त्यसविरुद्ध ओलीले लिएको अडान र त्यसपछिको राजनीतिक परिस्थितिका कारण तीतो बनेको प्रधानमन्त्री ओली र भारतीय समकक्षी नरेन्द्र मोदी नेतृत्वको सरकारबीचको सम्बन्ध सुधारमा भ्रमण केन्द्रित हुने बुझाइ दिल्लीस्थित कूटनीतिक मामिलाका जानकारहरूको छ । काठमाडौंमा सोमबार ओलीले ‘भारतसँगको सम्बन्ध अझ प्रगाढ बढाउन आफू दिल्ली जान लागेको’ बताएर यसैको छनक दिएका छन् ।

‘प्रधानमन्त्रीस्तरको भ्रमण आफैंमा महत्त्वपूर्ण घटना’ भएको उल्लेख गर्दै नेपालका लागि भारतीय पूर्वराजदूत राकेश सुद ‘यसले दुई देशबीचको सम्बन्ध सुधारमा थप योगदान पुग्ने’ ठान्छन् । ‘नयाँ सरकार गठनपछि हुन गइरहेको भ्रमण आफैंमा नयाँ सुरुवात हो,’ उनले भने, ‘बिजनेस र एजेन्डा जेजस्ता भए पनि सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सुखद अवसर हो ।’

Advertisement

भारत सरकारले पनि ओलीको भ्रमणलाई महत्त्वका साथ हेरेको देखिन्छ । नेपाललगायत निकटका छिमेकीसँगको सम्बन्ध बिग्रँदै गएपछि त्यसको प्रभाव घरेलु राजनीतिमा देखिन थालेकाले प्रधानमन्त्री मोदीले सम्बन्ध सुधारलाई प्राथमिकतामा राख्न थालेका छन् । विशेषगरी प्रतिपक्षी दलहरूले विदेश नीतिविरुद्ध आक्रामक रवैया अपनाउन थालेकाले यसको असर एक वर्षपछि हुने लोकसभा निर्वाचनमा पर्न सक्ने ठहर गर्दै मोदी छिमेकीसँगको सम्बन्ध सुधारमा केन्द्रित हुन थालेका हुन् ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top