Nepal Times
Nepal Times
3
Shares

कांग्रेस बैठक आज पनि

कांग्रेस बैठक आज पनि

काठमाडौं, चैत १५
नेपाली कांग्रेस केन्द्रीय कमिटिको बैठक आज पनि बसिरहेको छ । नर्वाचन समीक्षा, समसामयिक राजनीतिकलगायत विषयमा छलफल गर्न गत चैत ९ गतेदेखि सुरु कांग्रेस केन्द्रीय समिति बैठक आज पनि जारी छ ।

जारी बैठकमा नेताहरु बोल्ने क्रम चलिरहेको छ । बैठकमा नेताहरुले धारणा राख्ने नेताहरुले बताएका छन् । संघीय संसद् बैठक भएकाले बैठक दिउँसो १ बजेसम्म बस्नेछ ।

नेपाली कांग्रेस केन्द्रीय कार्यालयका सचिव कृष्णप्रसाद पौडेलले हालसम्म ३३ जना केन्द्रीय सदस्यहरुले बोलिसकेको र आज पनि यही सिलसिला यथावत रहने जानकारी दिए ।

पौडेलका अनुसार, २२ केन्द्रीय सदस्यले बोल्नका लागि समय मागेका छन् भने अन्यले पनि नाम टिपाइरहेका छन् । केन्द्रीय समिति बैठकमा धारणा राख्न चाहने केन्द्रीय सदस्यहरुको सूची लामो भएकाले बैठक अझै केही दिन लम्बिन सक्ने पौडेलले बताए ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.