×

NEPAL TIMES UPDATES

Playing
चीनको ‘कायाकल्प’ र ‘मेक अमेरिका’ सँगसँगै बढ्ने, सीलाई निम्ता|| Nepal Times
May 14, 2026
Playing
विश्वकप फुटबलको तालिका के छ ?नेपालबाट कति बजे हेर्ने ?|| Nepal Times
May 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-31-2083 || Nepal Times
May 14, 2026
Playing
नीति तथा कार्यक्रम ः विपक्षी सांसद्ले आलोचना गरे, सत्तारुढले बचाऊ|| Nepal Times
May 14, 2026
Playing
सरकारदेखि आफ्नै पार्टीकालाई गगनको चेतावनी, किन रिसाए ? || Nepal Times
May 14, 2026
Playing
ट्रम्प–सी बैठक २ घन्टामा सकियो, के के भयो छलफल ? || Nepal Times
May 14, 2026
Playing
कर्मचारी र विद्यार्थी राजनीति अन्त्य गर्ने सरकारी निर्णयमा न्यायपालिकाको ब्रेक|| Nepal Times
May 14, 2026
Playing
World News: बेइजिङ वार्ताः सहकार्यसँगै द्व*न्द्वको चेतावनी, नेतन्याहुको UAEमा गोप्य भ्रमण
May 14, 2026
Playing
सुकुम्बासीको मुद्यामा बालेन घेरिए, अब घर भाडा दिने|| Nepal Times
May 14, 2026
Playing
बिरामी हुँदा पनि संसद् पुग्ने प्रधानमन्त्रीको इतिहास || Nepal Times
May 14, 2026

क्यानडामा अन्धाधुन्ध गोली प्रहार, कम्तीमा १६ जनाको हत्या

८ बैशाख २०७७

८ वैशाख, एजेन्सी ।
क्यानडाको नोभा स्कटिया प्रान्तमा प्रहरीको भेषमा आएका एक बन्धुकधारीले आइतबार अन्धाधुन्ध गोली प्रहार गरी कम्तीमा १६ जनाको हत्या गरेका छन् ।

प्रहरीका अनुसार कोरोना भाइरसका कारण लकडाउन गरिएकाले मानिसहरू घरभित्र रहेकै समयमा ती व्यक्ति घरघरभित्र प्रवेश गरेर मानिसलाई गोली प्रहार गरेका र कतिपय घरमा आगोसमेत लगाइदिएका थिए।

Advertisement
Advertisement

बन्दुकधारी प्रहरी कारबाहीमा मारिएको बीबीसीले लेखेको छ। मारिएका व्यक्तिमध्ये एक जना प्रहरी अधिकृत पनि रहेका छन्। हेलिफ्याक्सबाट उत्तरतर्फ करिब १०० किलोमिटरको दूरीमा रहेको सानो ग्रामीण शहर पोर्टापिकमा उक्त घटना भएको हो। प्रहरीका अनुसार एउटा सानो घरभित्र र बाहिर मानिसका शव भेटिएका थिए।

घटनालगत्तै प्रहरीले स्थानीयवासीलाई घरभित्रै बस्न र घरका ढोकामा ताला लगाउन अनुरोध गरेको थियो। प्रहरीले बन्धुकधारी ५१ वर्षीय ग्याब्रिएल वोर्टम्यान भएको बताएको छ। उनी पनि पोर्टापिककै अस्थायी बासिन्दा रहेको प्रहरीले जनाएको छ। उनले प्रहरीको पोशाक लगाउनुका साथै रोयल क्यानेडियन लेखिएको प्रहरी कारमा सवार थिए।

यो हाम्रो प्रान्तको इतिहासमा भएको हिंसाको सबैभन्दा विभत्स घटना हो, नोभा स्कटियाका प्रमुख स्टिफन म्याकनिलले बताए। क्यानेडियन प्रहरीका प्रवक्ता डानियल ब्राइनले उक्त संदिग्ध अतिरिक्त १६ जनाको मृत्यु भएको पुष्टि गरेका थिए।

Advertisement
Advertisement

उक्त घटनालगत्तै प्रधानमन्त्री जस्टिन ट्रुडोले विज्ञप्ति प्रकाशन गरी ुएक देशको रूपमा, यस्ता क्षणहरूमा हामी एक अर्कालाई सहयोग गर्न एकताबद्ध हुन्छौं। हामी सबै पीडित परिवारको साथमा छौं, उनीहरूलाई यो कठिन समयमा सहयोग गर्नेछौं, भनेका छन्।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top