राजपुर क्वारेन्टाइनमा रहेका ११ जनाको र्‍यापिड टेष्ट नेगेटिभ

७ बैशाख ७७, सोमबार

८ वैशाख, दाङ ।
राजपुर गाउँपालिकाको क्वारेन्टाइनमा रहेका ११ जनाको र्‍यापिड टेष्ट गरिएमा सबैको नेगेटिभ रिपोर्ट आएको राजपुर गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कमल आरसीले जानकारी दिए ।

कोरोनाको संक्रमणको आशंका लागेका सबै व्यक्तिको स्वास्थ्य परीक्षण गर्न र्‍यापिड टेष्ट गर्न सुरु गरिएको हो ।  परीक्षण अहिले गाउँपालिकास्तरमा समेत गरिन थालेको छ । गाउँपालिकाले भारत र अन्य देशबाट आएका व्यक्तिलाई क्वारेन्टाइनमा राख्दै आएको छ ।

राजपुर गाउँपालिकाका १७ जना मध्य १५ जना गाउँपालिकाले स्थापना गरेको क्वारेन्टाइनमा बसेका थिए भने दुई जनालाई बेल्झुण्डी लगिएको थियो । दुईजना क्वारेन्टाइनबाट डिस्चार्ज भएका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top