रौतहटमा कुटेरै एक जनाको हत्या

७ बैशाख ७७, सोमबार

८ वैशाख, रौतहट ।
रौतहटको कटहरिया नगरपालिका – १ भसेढवामा एकजना युवकलाई कुटेर हत्या गरिएको छ ।

हत्याको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । आइतबार राति कटहरिया १ भसेढवाका रामएकवाल यादवको २५ वर्षीय छोरा संजिव यादवलाई केही स्थानीयले कुटपिट गरी हत्या गरेका हुन् ।

भसेढवाटोलमा घर भएका संविज यादव एकजना अन्य साथीका साथ गएराती ९ः१० बजेको घरभन्दा करिब १ किलोमिटर टाढा खोर भन्ने टोलमा गएका थिए । सोही ठाँउका संजिव यादवका एकजना साथीले केही कामको सल्लाह छ भनी सो ठाँउबाट करीव २ सय मिटर टाढा लालबकैया नदी किनारमा लगेका थिए ।

पूर्व योजनाअनुसार उक्त स्थानमा पुुग्नासाथ पहिलेदेखी त्यहाँ रहेका ५–७ जनाको समूहले संजिव यादवलगायत दुबैजना माथि बाँसको लाठीले आक्रमण सुरु गरेका थिए । संजिवका अर्का साथी त्यहाँबाट भाग्न सफल भएका थिए ।

तर, लुकेर बसेका समूहले संजिव यादव माथी संघातिक हमला गरी पटक पटक बाँसको लठीले टाउको खुटा,हाथमा प्रहार गरी खेतमा फालेर भागेका थिए । घटनास्थलबाट भागेका संजिवका साथीले गाउँलाई गुहार मागेर संजिव यादवलाई उपचारका लागि एम्बुलेन्सबाट तत्कालै बिरगंज पठाएकोमा उनको उपचारको क्रममा रातिनै मृत्युु भएको प्रहरीले जनाएको छ ।

घटनास्थल पुगेका प्रहरीले घटनामा संलग्न रहेको आरोपमा खोरटोलका मोहन दाशका छोरा २२ बर्षिय राधेश्याम दाशलाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ज्ञानकुमार महतोले बताएका छन् ।

आरोपीका घरका पुुरुष मानिस सबै फरार रहेको र घटनामा संलग्न अन्यको खोजी तथा अनसन्धान भइरहेको घटनास्थल पुगेका डिएसपी महतोले जानकारी दिएका छन् ।

भर्खरको समाचार

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

सम्बन्धित समाचार

Scroll to Top