×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

अब चाँडै नै विराट कोहलीको पनि मैन प्रतिमा

१५ चैत्र २०७४

विराटनगर, चैत १५
भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीको मैनको प्रतिमा अब चाँडै नै संग्रहालयमा स्थापित गरिने भएको छ । भारतीय क्रिकेट टिमका कप्तानको आफ्नै शहर दिल्लीमा प्रतिमा राखिन लागेको हो । संग्रहालय भ्रमण गर्नेले विश्वकै उत्कृष्ट ब्याट्सम्यानको प्रतिमासँग फोटो खिचाउन तथा सेल्फी खिच्न पाउनेछन् ।

 

Advertisement

आफ्नो प्रतिमा राखिने भएपछी कप्तान कोहलीले म्याडम तुसादको छनोटमा पर्नु आफ्नो लागि ठूलो सम्मान भएको प्रतिक्रया दिएका छन् । उनले विज्ञप्ती प्रकाशित गर्दै यस्तो अविष्मरणीय सम्मान दिएकोमा तुसाद टिमलाई धन्यवाद व्यक्त गरेका छन् ।

म्याडम तुसाद संग्रहालयको विज्ञहरुको एउटा टोली लण्डनबाट दिल्ली आएको थियो । टिमले २ सय पटकभन्दा बढी विराटको शरीरको विभिन्न नाप लिने तथा तस्बिर लिने काम गरेको थियो ताकि मानिसहरुलाई मैनको प्रतिमा हेरेर वास्तविक विराटझैँ लागोस् ।

अहिले विराट कोहली आईपीएल २०१८ को तयारीमा रहेका छन् । उनी रोयल च्यालेन्जर्स बेंगलोरका कप्तान हुन् । उनी आईपीएल इतिहासमा सबैभन्दा महंगा खेलाडी हुन् ।

सन् २००८ मा मलेसियामा भएको यू १९ विश्वकप भारतलाई जिताएपछि कोहलीको एकाएक विश्व क्रिकेटमा उदय भएको थियो । त्यसको केही महिनापछि उनले श्रीलंकासँगको खेलमा ओडीआईमा डेब्यू गरे ।

Advertisement

उनले ओडीआई क्रिकेटमा ३५ शतक प्रहार गरेका छन् । उनी अर्जुन अवार्ड, आईसीसीको वर्ष खेलाडी २०१७, बीसीसीआईको वर्षको सर्वोत्कृष्ट अन्तर्रा्ष्ट्रिय खेलाडी तथा पद्मश्री अवार्डबाट सम्मानित भएका छन् ।

भर्खरको समाचार

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

सम्बन्धित खबरहरु

Scroll to Top