Nepal Times
Nepal Times
3
Shares

पाउल र डेम्बेलेमाथिको रङ्गभेद फिफाले अनुसन्धान गर्दै

पाउल र डेम्बेलेमाथिको रङ्गभेद फिफाले अनुसन्धान गर्दै

विराटनगर, चैत १५
फिफाले यसै साता रुसविरुद्ध उसकै मैदानमा भएको खेलका क्रममा फ्रान्सेली खेलाडीमाथि रंगभेद भएको आरोपको अनुसन्धान सुरु गरेको छ ।

मैत्रीपूर्ण खेलमा फ्रान्सले रुसलाई ३–० गोलले हराएको थियो । विश्व फुटबलको नियमनकारी निकाय फिफाले छुट्टाछुट्टै रिपोर्ट र तथ्यहरु संकलन भइरहेको जनाएको छ । म्यान्चेस्टर युनाइटेडका पाउल पोग्बा र बार्सिलोनाका ओस्मान डेम्बेले रंगभेदको शिकार भएको बताइएको छ ।

रुस र फ्रान्सबीचको खेल सेन्ट पिटर्सबर्गमा रहेको क्रेस्तोभ्स्की रंगशालामा खेलाइएको थियो । यही मैदानमा विश्वकपका खेलहरु पनि हुनेछन् ।फ्रान्सेली खेलकुदमन्त्री लाउरा फ्लेसेलले रङ्ग भेदलाई फुटबलको मैदानमा कुनै ठाउँ दिन नहुने बताएका छन् । उनले यस्ता गैरकानुनी हर्कतको अन्त्य गर्नका लागि युरोपेली युनियन वा अन्तर्रा्ष्ट्रिय समुदाय एकजुट हुनुपर्ने बताए ।

यो समचार पहिलो पटक एएफपीका फोटोग्राफरले सार्वजनिक गरेका थिए । फ्रेन्च खेलाडीले कर्नर हान्न लाग्दा रुसी समर्थकले उनीविरुद्ध जातीवादी नारा लगाएको सुनिएको थियो । दुई महिनापछि रुसले विश्वकप आयोजना गर्दैछ ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.