दुबईबाट आएका सल्यानका एक युवकमा आरडिटी परीक्षण पोजिटिभ

८ बैशाख ७७, मंगलबार

८ वैशाख, दाङ ।
आरडिटी परीक्षण गर्दा सल्यानका एक युवकमा कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको छ।

शारदा नगरपालिका–१ शितलपाटी शिवजन माध्यमिक विद्यालयमा आरडिटी परीक्षण गरिएकोमा ३२ वर्षीय युवकको रिपोर्ट पोजेटिभ आएको जिल्ला अस्पताल सल्यानले जनाएको छ। शारदा नगरपालिकाले दुई स्थानमा आरडिटी शिविर राखेको थियो जसमा ७९ जनाको आरडिटी परीक्षण गरिएको थियो।

शारदा नगरपालिका मार्केमा ३० जना र वडा नम्वर १ शितलपाटीमा ४९ जनाको आरडिटी गरिएको छ र संक्रमित युवालाई अहिले जिल्ला अस्पताल सल्यानको आइसोलेसनमा राखिएको छ। उनी चैत ६ गते दुबईबाट आएको जिल्ला अस्पताल सल्यानका प्रमुख डा.अर्जुन बुढामगरले जानकारी दिए।

Advertisement

पोजेटिभ रिपोर्ट आए पछि पिसिआर जाँचका लागि स्वाब संकलन गरी सुर्खेत पठाउने तयारी गरिएको छ। उनको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top