मस्जिदहरुको अनुगमन सुरु, घण्टाघरको मस्जिदमा शंकास्पद भेटिएनन्

८ बैशाख ७७, मंगलबार

९ वैशाख, काठमाडौं ।
उदयपुरको मस्जिदमा रहेका जमातीहरुमा कारोना पोजेटिभ देखिएपछि अहिले देशभरीका मस्जिद र मद्रसाहरुमाअनुगमन थालेको छ ।

मुस्लिम आयोग आफैले समिति गठन गरेर स्थानीय प्रशासनसँगको सहकार्यमाअनुगमन थालेको हो । मंगलबार उपत्यकामा रहेका मस्जिदहरुमाअनुगमन गरिएको छ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यसहित मुस्लिमआयोगको टोलीले मंगलबार काठमाडौंको घण्टाघर स्थित मस्जिद र मद्रसामा अनुगमन गरेको हो ।

मस्जिदमा अनुगमन पछि काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले मस्जिदहरुमा जमातीहरु लुकेर बसेको आशंका जनमानसमा रहेकाले अनुगमन गरिएको बताए। उनले अनुगमनका क्रममा कोहीपनि लुकेर बसेको नपाइएको बताए। दुवै ठाउँमा चार÷चार जना धर्मगुरु, तीनका सहयोगी दुई÷दुई जना र दुई÷दुई जनाकर्मचारी गरी आठआठ जनामात्र रहेको पाइएको मेयर शाक्यले बताए ।

Advertisement

कुनै पनि धार्मिक क्रियाकलापमा नियमित प्रकृयालाई नरोक्ने तर भक्तजनहरुलाई लकडाउनको अवस्थामा प्रवेश गर्न नदिनआग्रह गरेको पनिउनले बताए । मेयर शाक्यले कोही लुकेर बसेको अवस्था भएमा गृह प्रशासन तथा स्थानीय सरकारलाई जानकारी गराउनआग्रह समेत गरेका छन ।

Advertisement

अनुगमन पछि समेत कोहीआउन सक्नेमा महानगरपालिकाले निरन्तर जानकारी लिइरहने उनले बताए।  मुस्लिम आयोगका अध्यक्ष समिममिँयाअन्सारीले उदयपुरको घटना पछि जनमानसमा पर्न गएको भ्रम चिर्नका लागि मुस्लिमआयोगले सर्वपक्षिय बैठकमार्फत अनुगमन समिति गठन गरी अनुगमन थालिएको बताए।

हरेक मस्जिद र मद्रसामा अनुगमन गरी जनमानसमा फैलिएको भ्रम चिर्न खोजिएको बताए। कुनै पनि मस्जिद वा मद्रसामा कोही पनि लुकेर नबसेको उनले बताए। अझैपनि कोही छुटेको भए स्थानीय सरकारलाई जानकारी गराउनआयोगले समेत अपिल गरेको छ ।

गत शुक्रबार उदयपुरको एक मस्जिदमा बस्दै आएका १२ जनाजमातीहरुमा कोरोनाभाइरस संक्रमण फेला परेको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top