×

NEPAL TIMES UPDATES

Playing
अमेरिकाले जफत गरेको इरानी जहाज पाकिस्तानलाई हस्तान्तरण|| Nepal Times
May 04, 2026
Playing
के America र Iranबीच यु द्धविराम अन्त्य भएको हो ? || Nepal Times
May 04, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-21-2083 || Nepal Times|| Nepal Times
May 04, 2026
Playing
नेपालमा घण्टी बज्यो, तमिलनाडुमा सिठ्ठी|| Nepal Times
May 04, 2026
Playing
हिजबुल्लाहले पायो रुसी हति यार, Israelले रोक्न नसक्ने, फेरि खत रनाक खेल || Nepal Times
May 04, 2026
Playing
घरमा छापा मारेपछि आत्तिएका मुख्यमन्त्री बानियाँ के भन्दैछन् ?|| Nepal Times
May 04, 2026
Playing
युरोपेली गुप्तचरको निष्कर्ष– पुटिनको ह त्या हुन सक्छ|| Nepal Times
May 04, 2026
Playing
आज कोशीसम्मै वर्षा, हुरीबतास र चट्याङबाट बच्नु, बीपी राजमार्ग बन्द|| Nepal Times
May 04, 2026
Playing
Cambodia मा कठोर कानुन लागूः ५ लाख डलर जरिबाना र आ जीवन कैद || Nepal Times
May 04, 2026
Playing
बालेन सरकारले भारतसँग मल किन्ने, तर भारतले नै थापेको छ अड्को|| Nepal Times
May 04, 2026

संक्रमितको औपचारिक संख्या ३२, संक्रमित ८ जनाको पुन परीक्षण हुँदै

९ बैशाख २०७७

९ बैशाख, काठमाडौँ ।
नेपालमा कोरोना संक्रमितको संख्या ३२ पुगेको छ । मंगलबार उदयपुरका एक जनामा कोरोना पोजेटिभ देखिएसँगै नेपालमा संक्रमितको संख्या ३२ पुगेको हो । उदयपुरबाट संकलन गरिएको स्वाव नमुना परीक्षणलाई राष्ट्रिय जनस्वास्थ्य प्रयोशाला टेकुमा परीक्षण गर्दा पोजेटिभ देखिएको हो ।

उदयपुरका ३३ वर्षिय पुरुषमा संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए। उदयपुरबाट सोमबार १ सय सहित ३ सय २० वटा नमुना पिसिआर परीक्षणका लागि संकलन भएका छन् । यसैगरी वीरगञ्जबाट २ सय २१ जनाको नमुना संकलन भएर परीक्षणका क्रममा रहेको प्रवक्ता देवकोटाले बताए ।

Advertisement
Advertisement

ती नमुनाहरुको टेकु, विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र कोशी अस्पतालमा परीक्षण भइरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको टोली वीरगञ्जलाई लक्षित गरेर ट्रेसिङ र टेस्टिङका लागि त्यहाँ पुगिसकेको छ । ४ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किसकेका छन् भने २८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

अहिलेसम्म ३६ हजार ७ सय १९ वटा नमुना परीक्षण भएका छन् ।पिसिआर र आरडिटी विधिबाट सो परीणाममा परीक्षण भएको मन्त्रालयले जनाएको छ । प्रवक्ता देवकोटाका अनुसार पिसिआर विधिबाट हालसम्म ८ हजार ७ सय ६३ नमुना परीक्षण भएका छन् । पछिल्लो २४ घण्टामा मा ३ सय ३३ वटा परीक्षण भएका छन् ।

यसैगरी आरडिटी विधिबाट अहिलेसम्म २७ हजार ९ सय ५६ र २४ पछिल्लो घण्टामा २ हजार ८ सय ८ परीक्षण भएका छन् । अहिलेसम्म दुबै विधिबाट गरी जम्मा ३६ हजार ७ सय १९ वटा परीक्षण भएको मन्त्रालयले जनाएको छ । प्रदेशनम्बर १ माआरडिटी विधिबाट २ हजार ६ सय २०, प्रदेश नम्बर २ मा ३ हजार ५ सय ९८ र बागमती प्रदेशमा ५ हजार १ सय ५७ नमुना परीक्षण भएका छन् । यस्तै गण्डकी प्रदेशमा ४ हजार १ सय ८३, प्रदेश नम्बर ५ मा २ हजार ४ सय ८३ कर्णाली प्रदेशमा ३ हजार ७ सय ३८ र सुदुरपश्चिममा ६ हजार १ सय ७७ परीक्षण भएको प्रवक्ता देवकोटाले बताए ।

अहिले देशभरी नै क्वारेन्टाइनमा ७ हजार ६७ जना रहेका छन् । उपत्यकामा ६ जना र उपत्यका बाहिर १ सय १ गरी १ सय ७ जना आइसोलेसनमा रहेका छन् ।

उदयपुर भुल्के मस्जिदमा रहेका १२ भारतीय सहित एक नेपालीमा कोरोना संक्रमण भएको पुष्टि भएसँग त्यस क्षेत्र मा बसोबास गर्ने थप आठ परिवारका घरमुलीको स्वाब परीक्षणमा कोराना पोजेटिभ पाइएको छ ।

Advertisement

आठ जनामा पहिलो पीसीआर परीक्षणमा पोजेटिभ देखिएकाले पुन पुष्टिका लागि स्वाब थप परीक्षण भइरहेको मोरङ जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख तथा प्रदेश १ कोभिड सूचना केन्द्रका प्रमुख ज्ञानबहादुर बस्नेतले बताए । थप पुष्टिका लागि स्वाबलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाइएको उनले बताए ।

भर्खरको समाचार

पुटिनको ज्यान जोखिममा, सुरक्षा बढाइयो

Vladimir-Putin

मलको हाहाकार र युद्धको बाछिटाः बालेनले किसानलाई मल देलान् ?

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

राजा महेन्द्रको मौनताले गुमेको थियो लिपुलेक र कालापानी ?

mahendra-bir-bikram-shah-dev-59d8aa66ea8d42.19514437_MYCML1jMkd

रास्वपाबाट पालिकाको उम्मेदवार बन्न पनि चुनाव जित्नु पर्ने

balen rabi rasopa team

अमेरिकी एफ–३५ लडाकु विमान खसाल्ने चिनियाँ ‘ट्युटोरियल’ भाइरल

Screenshot 2026-05-04 132111

होर्मुजमा ट्रम्पले घोषणा गरेको प्रोजेक्ट फ्रिडम के हो ?

HORMUZ

बालेन सरकार र शीतल निवासबीचको सम्बन्धमा दरार ? यस्ता छन् ३ विकल्प

42412c11-68f9-4814-ade7-2710d505dd4c

लिपुलेकबारे नेपालको कडा नोटपछि मध्यरातमा भारतले के दियो जवाफ ?

Screenshot 2026-05-04 102749

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

सम्बन्धित खबरहरु

Scroll to Top