सेनिटाईजरको कालोबजारी गर्ने २ जना इटहरीबाट पक्राउ

८ बैशाख ७७, मंगलबार

९ बैशाख,सुनसरी ।
अबैध रुपमा ह्याण्ड सेनिटाईजर उत्पादन तथा भण्डारण गरी कालो बजारी गर्ने २ जना इटहरीबाट पक्राउ परेका छन ।

Advertisement

इटहरीको मनकामना टोलमा संचालनमा रहेको सौर्य केमिकलका संचालक स्थानीय ३० बर्षीय अतित गुरागाँईले सम्बन्धीत कुनै पनि निकायबाट अनुमती नलिई सौर्य नामक ह्याण्ड सेनिटाईजर उत्पादन गरी इटहरी ६ का ४५ बर्र्षीय अमर जितगोस्वामीको कस्मेटीक पसल जे.बी. ईन्टप्राईजेजमा भण्डारण गरी राखेको अवस्थामा मापदण्ड बिपरीत उत्पादन गरिएको ठूलो मात्राको सेनिटाईजर सहित दुवै जनालाई पक्राउ गरिएको हो ।

Advertisement

उक्त स्थानबाट प्रहरीले, आफु खुसी स्तर घटाई उत्पादन गरी विभिन्न प्लाष्टिकका बोतलहरुमा लेवल टाँसी बजार मुल्य भन्दा वढी मुल्यमा बेचबिखन गर्न तयार गरिएका ७० तथा ३०एमएलका १७ सय ७० वटा प्लाष्टिकका बोतलहरु बरामद गरेको हो । यसैगरी वाग्मती लेखिएको हरियो वाल्टिनमा रहेको सेतो तरल पदार्थ १सय ६२ लिटर र १५सय खालीवट्टा तथा ९५ बण्डल स्टिकर समेत वरामद गरीएको छ ।

पक्राउ परेका सेनिटाईजर उत्पादक र बिक्री वितरण गर्ने दुवै जनालाई पक्राउ गरी कालो वजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२ वमोजिम म्याद थप गरी आवश्यक अनुसन्धान कार्य भईरहेको ईलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top