×

NEPAL TIMES UPDATES

Playing
नेपालको चुनावमा विदेशी मिडियाका अधिक चासो, कसले के लेखे ? || Nepal Times
Mar 05, 2026
Playing
आमा सुशीला तिमीले “जे भन्यौ, त्यो पूरा गर्‍यौ” !|| Nepal Times
Mar 05, 2026
Playing
US-Israel-Iran यु द्धः आजका १० हेडलाइन || Nepal Times
Mar 05, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-21-2082 || Nepal Times
Mar 05, 2026
Playing
कतारबाट नेपालीको गुहार, “हामी डराएका छौँ, देशले बेवास्ता नगरोस् ” || Nepal Times
Mar 05, 2026
Playing
Iran-US यु*द्धका कारण चीनदेखि जापानसम्म हा*हा*कार || Nepal Times
Mar 05, 2026
Playing
इ रानले अ जरबैजानमा हान्यो ड्रो न, प्रतिकार गर्ने चे तावनी|| Nepal Times
Mar 05, 2026
Playing
छिटपुट घ टनाबाहेक शान्तिपूर्ण रुपमा सकियो मतदान || Nepal Times
Mar 05, 2026
Playing
अमेरिकामा पर माणु मिसाइल टेस्ट, यु द्धकै बीच लन्च भयो मिनेटम्यान–३ मिसाइल|| Nepal Times
Mar 05, 2026
Playing
के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आ रोप|| Nepal Times
Mar 05, 2026
Playing
फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै || Nepal Times
Mar 05, 2026
Playing
Iranमा हम ला गरेर फसे America–Israel, हरेक दिन १ अर्ब डलर स्‍वाहा || Nepal Times
Mar 05, 2026
Playing
अहिलेसम्म कति मत खस्यो ? || Nepal Times
Mar 05, 2026
Playing
कतारको सबैभन्दा ठूलो अमेरिकी राडार ध्वस्त,मिसाइल ट्रयाकिङ बन्द|| Nepal Times
Mar 05, 2026
Playing
World News: Trumpको ह*त्या गर्ने इरानी प्रयास! अमेरिकी संसदमा यु*द्ध रोक्ने प्रस्ताव फेल
Mar 05, 2026
Playing
अर्कैको नाममा भोट हाल्न जाने प क्रा उ, धनुषामा सेनाले जफत गर्यो पर्चा || Nepal Times
Mar 05, 2026
Playing
प्रचण्ड, गगन हेलिबाट निर्वाचन क्षेत्र पुग्दा रवि गाडीबाटै, बालेन र ओली रोकिए|| Nepal Times
Mar 05, 2026
Playing
Top 15 Afternoon News || Mar-05-2026 || Nepal Times
Mar 05, 2026
Playing
मतदानपछि ओली, एमालेको बहुमत आउँछ, म प्रधानमन्त्री बन्नेमा शंका छैन|| Nepal Times
Mar 05, 2026
Playing
जिल्लादेखि केन्द्रसम्म रिजर्भ फोर्स, हरेक मतदानस्थलको ‘लाइभ’ मनिटरिङ|| Nepal Times
Mar 05, 2026
Playing
किन भोट खसाल्न गएनन् मतदाता ? || Nepal Times
Mar 05, 2026
Playing
बालेनलाई हेलिकप्टरबाट झापा घुम्न रोकियो, हेलि काठमाडौं फर्काइयो || Nepal Times
Mar 05, 2026
Playing
सबैले भोट हालौं, आफ्नो मताधिकारको प्रयोग गरौं || Nepal Times
Mar 05, 2026
Playing
भूमध्य सागरमा रुसी ग्यास ट्याङ्कर ध्व*स्त, Ukraineमाथि आरोप || Nepal Times
Mar 05, 2026
Playing
दोलखामा हवाइ फा यर,सर्लाहीमा मतदाताबीच कु टाकुट || Election Update – Nepal Times
Mar 05, 2026

अन्योलमा रातो मच्छिन्द्रनाथको जात्रा

९ बैशाख २०७७

९ बैशाख, काठमाडौँ ।

 सहकालका देवता रातो मच्छिन्द्रनाथ आफैँ भने अनिकालको चेपुवामा परेका छन् । कोभिड–१९ को सङ्क्रमण रोकथामका लागि सरकारले गरेको लकडाउनका कारण रातो मच्छिन्द्रनाथको जात्रा के गर्ने भनी अझै टुङ्गो लाग्न सकेको छैन । वैशाख शुक्ल प्रतिपदा अर्थात् आगामी वैशाख १२ गते मच्छिन्द्रनाथको रथारोहण गर्नुपर्ने भए पनि अहिलेसम्म रथ निर्माण हुन सकेको छैन । ललितपुरका जनप्रतिनिधि र जात्रासँग जोडिएका जातिका अगुवा कुनै पनि हालतमा रथारोहण गर्नैपर्ने पक्षमा छन् भन् गुठीले यो समयमा रथ निर्माण गर्न नसकिने बताएको छ ।

पूरै रथ बनाउन नसकिए पनि देवतालाई राख्ने स्थानसम्म बनाएर परम्परालाई निरन्तरता दिन सकिने ज्योतिष दैवज्ञ कीर्तिमदन जोशीले बताए । सरकारको निर्णयानुसार सामाजिक दूरी कायम गरेर पनि रथ निर्माण गर्न सकिने उनले बताए । देवता राख्ने स्थान बनाइएपछि विधिअनुसार आगामी १२ गते रथारोहण गर्न सकिन्छ । रथारोहण गरेपछि रथयात्रा लकडउनपछि जनजीवन सामान्य भएपछि गर्न सकिने उनको सुझाव छ । उनले भने, ‘सङ्कटको समय भएकाले रथयात्रापछि गराउन सकिन्छ ।’

झण्डै १६ वर्ष पहिलेदेखि रातो मच्छिन्द्रनाथको मूल पुजारीका रुपमा देवताको सेवामा लाग्दै आएका कपिल बज्राचार्य ७० वर्षको भए । जात्रा सञ्चालनको तयारी नभएको भन्ने जानकारीले गर्दा उनको मन दुखेको छ । उनी २२–२३ वर्षको उमेरदेखि नै मछिन्द्रनाथको पुजारीका रुपमा देवताको सेवा गर्दै आएका छन् छ । विगतमा पनि धेरै वर्षमा अप्ठेरो अवस्था आउँदासमेत कहिल्यै जात्रा नरोकिएको उनको अनुभव छ । अहिले माहामारीको समयमा सहकालको देवताको जात्राको अझै बढी महत्व भएको उनको भनाइ छ । विसं. २०७२ मा भूकम्पका कारण घरहरु भत्किएको र चर्किएकाले रथ यात्रा के गर्ने भनी अन्योल भए पनि त्यतिबेला पनि जात्रा सञ्चालन भएको थियो । अहिले पनि आवश्यक सावधानी अपनाएर भीडभाड नगरी जात्रा गर्न सकिने उनले बताए । उनले भने, ‘पानेजु चारजना र जजमान गरेर झण्डै १० जना भएपछि रथारोहण गर्न सकिन्छ ।’

ललितपुर वडा नं १० का अध्यक्ष नरसिंह व्यञ्जनकार सबैको धार्मिक आस्थाका रुपमा रहेको रातो मच्छिन्द्रनाथको जात्रा रोक्न नहुने बताए । जात्राका लागि नभई नहुने थोरै व्यक्ति बसेर पनि रथारोहण गर्न सकिने उनको भनाइ छ । उनले भने, ‘जात्रा नै रोक्ने कुराले धेरैको मन दुखेको छ ।’ ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जन जात्रा नियमित हुनुपर्ने भए पनि लकडाउनका कारण जात्रा सञ्चालन गर्न समस्या देखिएको बताए । रथ बनाउन धेरै जनशक्ति चाहिने भएकाले पनि जात्रा सञ्चालन गर्न सजिलो नभएको उनले बताए । उनले भने, ‘कोभिड–१९ को सङ्क्रमण फैलन सक्ने भएकाले पनि भीडभाड गर्न हुँदैन ।’

गुठी संस्थान ललितपुरका प्रमुख राजन भुजुले लकडाउनको समयमा रथ निर्माण गर्न नसकिने बताए । रथ बनाउन धेरै जनशक्ति चाहिने हुँदा अहिले नै निर्माण गरिने सम्भव नभएको बताए । उनले भने, ‘लकडाउनपछि नै रथ बनाउने र रथारोहण गर्न सकिन्छ ।’

रातो मच्छिन्द्रनाथलाई वर्षा सहकालका देवता मानिन्छ । किंवदन्तीअनुसार भिक्षा माग्न आएका गोरखनाथलाई कान्तिपुरवासीले भिक्षा नदिएपछि त्यसैको झोकमा उनले पानी पार्ने नागहरूलाई आफ्नो आसन बनाए । यसरी १२ वर्षसम्म वर्षा नभई अनिकाल परेपछि यसको समाधानका उपाय खोज्दै जाँदा गोरखनाथका गुरु मच्छिन्द्रनाथलाई कान्तिपुरमा ल्याएमा उनलाई मनाउन सक्ने र सहकाल लाग्ने भन्ने थाह पाएपछि भक्तपुरका राजा नरेन्द्रदेव, काठमाडौँका गुरु बन्धुदत्त आचार्य र ललितपुरका कृषक ललित रथचक्र मिलेर मच्छिन्द्रनाथलाई ल्याउने सल्लाह गरे ।

सोहीअनुरुप आसाम कामारुकामाक्षेमा रहेका मच्छिन्द्रनाथलाई बोकेर कान्तिपुरमा ल्याउने क्रममा मच्छिन्द्रनाथलाई पाटनमा नै राख्न पाए सहकाल लाग्ने र पाटनवासीमा खुशियाली छाउने विश्वासमा निकै चलाखी गर्दै कृषक ललितले मच्छिन्द्रनाथलाई बोकेर ल्याउने क्रममा पाटनमा रात पारिदिए । राति भइसक्यो अब आज पाटनमा बसौँ भनेर गुरु र भक्तपुरका राजा नरेन्द्रदेवलाई मनाए । सबै सुतिसकेपछि उनी पाटनका राजाकहाँ गई सम्पूर्ण कथा बताएर मच्छिन्द्रनाथलाई यतै राख्ने प्रपञ्च गरे । सोहीअनुरुप राति नै पाटनका राजासहितले भक्तपुरका राजा र गुरुलाई घेराउ गरे । आफूहरु बन्धक बनेको चाल पाएपछि भक्तपुरका राजा र पाटनका राजाबीच निकै विवाद प¥यो ।

समाधान केहीगरी पनि ननिस्किएपछि त्यहाँ एउटा उपाय निकालियो । जसअनुसार त्यहाँका थकालीले जे निर्णय गर्छ, त्यही स्वीकार्य हुने सहमति भयो । त्यसमा पनि पुनः चलाखी गर्दै कृषक ललितले थकालीलाई दहीमा अलिकति नुन राखेर खानदिए । थकालीलाई दही खाइसकेपछि मात्रै त्यसमा नुन थियो भनी जानकारी दिइयो । नुनको सोझो गर्नैपर्ने बाध्यतामा थकालीले मच्छिन्द्रनाथलाई पाटनमा नै राख्नपर्ने निर्णय गरिदिए ।

मच्छिन्द्रनाथलाई पाटनमा ल्याएको थाह पाएपछि गोरखनाथले आफ्ना गुरु मच्छिन्द्रनाथको दर्शन गर्न भनी उठेपछि उनको आसनमा रहेका नाग यत्रतत्र लागे । त्यसपछि यहाँ वर्षा भयो र पुनः सहकाल लाग्यो । यसैको सम्झनामा वर्षेनी मच्छिन्द्रनाथको जात्रा भव्यताका साथ मनाइँदै आएको छ । जात्राका प्रभावले जस्तोसुकै कठीन अवस्था हटेर सहज हुने पाटनवासीको विश्वास छ ।–सञ्चिता घिमिरे/सुभानु आचार्य / रासस

भर्खरको समाचार

के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आरोप

10caf7ff-beed-4f31-ae64-f76da54f97a7

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

राष्ट्रपति र उपराष्ट्रपतिले गरेनन् मतदानः पूर्वराष्ट्रपतिहरु के भन्छन् ?

Screenshot 2026-03-05 155551

बालेनको हेलि रोकिएपछि ओलीपनि झापा नजाने

Screenshot 2026-03-05 131333

आजको निर्वाचन किन विशेष छ ?

59dec7b1-ffc4-4a59-92ac-05992ca9a7c9

रुपन्देही–३ का स्वतन्त्र उम्मेदवार यादव पक्राउ, मोदीको भिडियो बनाउने समातिए

646734880_1237585725170615_3234719909965768070_n

प्रधानमन्त्रीले धापासीबाट भोट हाल्ने, बालेन, कुलमानले हाले भोट

Screenshot 2026-03-05 081435

बालेन,रवि,ओलीदेखि प्रचण्ड,गगनसम्मले आफूलाई भोट हाल्न नपाउने

2f9aeca7-a85b-4734-b63e-8656aa1e6cd6 (1)

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

image

सम्बन्धित खबरहरु

Scroll to Top