वडाध्यक्ष कार्यालयमै मदिरा पिएर लठ्ठ भएपछी…..

१४ चैत ७४, बिहीबार

झापा, चैत १५
वडा अध्यक्ष जस्तो जनताबाट निर्वार्चीत जनप्रतिनिधि कार्यालयमै मदिरा सेवन गरेर लठ्ठ भएपछी के होला ? हो यस्तै भएको छ मेचीनगर नगरपालिका–२ मा । मदिरा सेवन गरेर कार्यालयमा जाने गरेका मेचीनगर नगरपालिका–२ का वडाध्यक्ष तिलक न्यौपाने मदिरा सेवन गरेकै कारण प्रहरीबाट समातिएका छन् ।

 

पटकपटक मादक पदार्थ सेवन गरेर कार्यालय जाने गर्न थालेपछि उनलाई स्थानीय सेवाग्राहीले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाइदिएका छन् । स्थानीयको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय, काँकरभिट्टाका डीएसपी टङ्कप्रसाद भट्टराई नेतृत्वको प्रहरी टोली घटनास्थल पुगेको थियो । र, उनलाई वडा कार्यालयबाटै पक्राउ गरेर इलाका प्रहरी कार्यालय काँकरभिट्टा लगिएको थियो ।

Advertisement

प्रहरीले मेची आम्दा हस्पिटल धुलावारीमा वडाध्यक्ष न्यौपानेको मापसे जाँच गर्दा उनले मदिरा सेवन गरेको पुष्टि भएको थियो । बुधवार जिल्ला समन्वय समितिकी सदस्य गङ्गा कार्की समेत काम विशेषले वडा कार्यालय आएकी थिइन् । उनीसहित वडा कार्यालय पुगेका स्थानीय व्यक्ति र वडा सदस्यहरुलाई वडाध्यक्ष न्यौपानेले मातेको सुरमा तथानाम बोलेका थिए ।

नमातेको बेला शालीन र सरल लाग्ने वडाध्यक्ष न्यौपानेले मदिरा पिएर लठ्ठ भएपछि जसलाई भेट्यो उसलाई तथानाम गालीगलौज गर्दै आएको स्थानीयवासी बताउँछन् ।

Advertisement

नियन्त्रणमा लिन आएको प्रहरी टोलीलाई समेत उनले आफू जनप्रतिनिधि भएको भन्दै धम्काउने प्रयास गरेका थिए । वडाध्यक्ष न्यौपानेले वडा कार्यालयका कर्मचारी र सेवाग्राहीहरुलाई समेत मातेको सुरमा दुर्व्यवहार गरेर लज्जित तुल्याउँदै आएको आरोप छ ।

इलाका प्रहरी कार्यालय, काँकरभिट्टाले वडाध्यक्ष पक्राउ गरिएको बारेमा नगरपालिकाका नगरप्रमुख विमल आचार्यलाई जानकारी गराएको थियो ।

इप्रकाले साँझ वडाध्यक्ष न्यौपानेलाई छाडिदिएको छ । अर्का वडाध्यक्ष ललित तामाङ, एमाले नेता देबकुमार राई र राम ओलीको रोहवरमा प्रहरीले न्यौपानेलाई अबदेखी कार्यालयमा मदिरा सेवन नगर्ने शर्तमा छाडेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

इक्वेडरलाई हराउँदै मेक्सिको विश्वकपको अन्तिम १६ मा

602559fd-1b30-4cc1-ae87-a9055538d9f6

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आउँदै

farmer uria DAP

जगदम्बा मोटर्सले नेपालमा पहिलो रियर–ह्विल–ड्राइभ ईभी ल्याउँदै

proton

आज ५ प्रदेशमा भारी वर्षा, भोलिसम्मै पानी पर्ने

mausam-2075-12-18-768x388

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

सम्बन्धित समाचार

Scroll to Top