इलाम, चैत १५
एनसेलको टावरमा आगजनी गरेको आशंकामा आज दुईजनालाई इलाम प्रहरीले पक्राउ गरेको छ । इलाम नगरपालिका १ साजेजुङमा रहेको टावरमा आज बिहान आगजनी गराएको भन्दै विशाल राई र बिमल राईलाई प्रहरीले पक्राउ गरेको हो ।
बिहान करिब ३ बजे आगलागी भएको थियो । आगलागि पछि खोजतलास गर्ने क्रममा दुई जनालाई नियन्त्रणमा लिइएको इलामका प्रहरी प्रमुख एसपी विपिन कर्माचार्यले जानकारी दिए ।
पक्राउ पर्ने दुवैजना सोही ठाउँका स्थानीयसमेत रहेको बताइएको छ । पक्राउ पर्ने विशाल किरात मुक्ती मोर्चा इलामका अध्यक्षसमेत भएको प्रहरीको भनाइ छ । आगजनीबाट जेनेरेटर, टावर, मेसिन र तारमा क्षति पुगेको छ ।